संविधान संशोधनबारे व्यापक छलफलको आवश्यकता
- श्रावण ४, २०८३
भक्तपुर, १३ वैशाख । विश्व सर्वहारावर्गका महान् गुरु रुसी समाजवादी व्यवस्थाका प्रवर्तक भी.आई. लेनिनको जन्म दिवस तथा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी भनपा २ नं वडा समितिले प्रवचन कार्यक्रम ग¥यो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले कामदार जनताको सङ्गठित शक्तिबाट देशमा समाजवाद स्थापना गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
उहाँले स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
सरकारी कर्मचारीहरूलाई तलब दिनसक्ने स्थितिमा नरहेको उल्लेख गर्दै उहाँले दैनिक उपभोग्य सामग्रीहरूको उत्पादन गर्न नसक्नु देशको निम्ति दुर्भाग्य हो भन्नुभयो । भारतको कस्मिरमा हिन्दू र मुसलमानबिच लडाइँ हुनु, अमेरिकाले चीनको सामग्रीमा उच्च कर लागु गर्नु र गाजा क्षेत्रमा अमेरिकी सहयोगमा प्यालिस्टिनमा दैनिकजसो भएको बमबारीले विश्वमा तेस्रो विश्वयुद्धको खतरा रहेको बताउनुभयो । सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनले गरीब जनताका छोरा छोरीले पढ्न पाउने अधिकारबाट बञ्चित भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपा नगर समितिका गंगाराम ज्याख्वले शिक्षा, स्वास्थ्य निःशुल्क तथा देशका मुख्य मुख्य कलकारखानाहरू सामाजिकीकरण हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ नगर समितिका अध्यक्ष गणेशप्रसाद सुवालले नेमकिपाले जनताको पक्षमा काम गर्दै आएको प्रस्ट पार्नुभयो ।
आयोजक समितिका अध्यक्ष रत्नकाजी नायोभारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका कोषाध्यक्ष राजन जतिले सर्वहारावर्गका महान् गुरु लेनिनको जीवनी र अक्टोबर क्रान्तिबारे प्रकाश पार्नुभयो । कार्यक्रममा समितिका सचिव सिद्धिराम सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply