भर्खरै :

सूर्यविनायकमा मजदुर भेला

सूर्यविनायकमा मजदुर भेला

भक्तपुर, १४ वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा भएको मजदुर भेलामा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले राजतन्त्रको विरूद्ध गणतन्त्र ल्याएजस्तै पुँजीवादी गणतन्त्रको विकल्प समाजवादी गणतन्त्रको लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
उहाँले विद्यालयमा नयाँ विद्यार्थी भर्ना गर्ने बेलामा अनिश्चितकालीन विद्यालय बन्द गरेर विद्यार्थीको पढाइमा खेलबाड गर्न नहुने बताउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले मजदुर आन्दोलनले ८ घण्टा काम, ८ घण्टा आरामको व्यवस्था भएको बताउनुभयो ।
सरकारमा गएका नेका, एमाले, माओवादीलगायत पार्टीले मजदुर आन्दोलन हुन्छ भनेरै कलकारखाना बन्द गर्दै विदेशी कम्पनीहरूलाई सुम्पिरहेको बताउनुभयो ।
कार्यक्रम नेपाल क्रान्तिकारी मजदुर सङ्घ सूर्यविनायक नगर समितिका अध्यक्ष राजेन्द्र बखुन्छेंको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *