मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
कठोर अत्याचार आदिबाट उत्पन्न हुने भय नै आतङ्क हो । आतङ्क मच्चाउने, त्रासको वातावरण सिर्जना गर्ने आतङ्ककारी हो । मानिसलाई डर देखाएर, धम्काएर वा त्रास उत्पन्न गराएर हिंसात्मक विद्रोहका रूपमा प्रभुत्व स्थापना वा कार्यसिद्धि गर्ने विचार वा सिद्धान्त आतङ्कवाद हो । आतङ्कवाद कसैलाई मन पर्दैन । आतङ्कवादले आतङ्क मच्चाउँछ; संरचना ध्वस्त गर्छ, नरसंहार गर्छ । यस अर्थमा कसैले कसैमाथि गर्ने आतङ्क निन्दनीय हुन्छ; आतङ्कवादको विरोध गर्नुपर्छ । संसारमा आतङ्क मच्चाउने, संरचना ध्वंस गर्ने र नरसंहार गर्ने साम्राज्यवादी देश अमेरिका हो; अरू दर्जनौँ मुलुकमा अमेरिकी सेना तैनाथ गरेर आतङ्कित पार्ने, शान्ति बिथोल्ने देश अमेरिका हो । अमेरिकी प्रशासनयन्त्र आतङ्ककारी छ । तर, नेपाल सरकार र विदेशमन्त्रीले अमेरिकी आतङ्कको कहिल्यै विरोध गरेको इतिहास छैन ।
अमेरिकी सेना, हतियार र आर्थिक सहयोग इजरायलले प्यालेस्टिनमा भइरहेको नरसंहार र संरचना ध्वस्त गर्ने काम अहिले पनि छोडेको छैन । उक्त आक्रमणमा ५६ हजारभन्दा बढी प्यालेस्टिनी जनताको मृत्यु भइसकेको छ । यसलाई नेपाल सरकार र परराष्ट्र मन्त्रीले आतङ्क देखेनन् । जुनसुकै प्रकार र प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताएकी परराष्ट्रमन्त्रीले वर्षौँदेखि प्यालेस्टिनमा भइरहेको आक्रमणको निन्दा कहिल्यै गरेनन् । भारतको जम्मु कास्मिरस्थित पहलगाममा भएको आक्रमण मात्रै ‘आतङ्कवाद’ कसरी ? कास्मिरको पहलगाममा भएको हमलामात्रै आतङ्कवाद देख्ने परराष्ट्र मन्त्रीको भनाइ नेकाको हो कि सरकारको ? ‘पहलगाम आतङ्कवादविरूद्ध नेपाल भारतको साथमा’ भन्ने परराष्ट्रमन्त्री आरजु राणाले अन्यत्र देशको सहर झन्डै ८० प्रतिशत ध्वस्त गरे पनि आतङ्क नदेख्नु के दृष्टिदोष होइन ?
हो, आतङ्कवादको विरोध गर्नुपर्छ† आतङ्कवादको भत्र्सना गर्नुपर्छ । आतङ्कवादले संसारका न्यायपे्रमी जनताको भलो गर्दैन । देश देशबिच युद्ध गराएर आतङ्क मच्चाउने, आतङ्क मच्चाउन हतियार बेचेर धनी बन्ने अमेरिकी सरकारको विरोध गर्ने आँट नेपाल सरकार परराष्ट्रमन्त्रीको खोइ पहल या टिप्पणी ? संसारमा आतङ्क मच्चाइरहेको देश अमेरिका हो भन्ने कुरा कसलाई थाहा छैन । इराक, अफगानिस्तान, बोलिभिया, क्युवा, प्रजग कोरिया, लिविया आदि देशमा आतङ्क मच्चाउने, शान्ति भङ्ग गर्ने, राष्ट्रपतिको हत्या गराउनेलगायत धनजनलाई खरानी पार्ने देश के अमेरिका होइन ? अमेरिकाले मच्चाएको यो आतङ्क के प्रजातान्त्रिक अभ्यास हो ? के अमेरिकी सरकारले जस्तोसुकै आतङ्क मच्चाए पनि प्रजातान्त्रिक अभ्यास हुन्छ ? कास्मिरमा भएको आक्रमणको दोष पाकिस्तानलाई किन ? पाकिस्तानले उक्त आक्रमणमा आफ्नो कुनै हात छैन भन्दा भन्दै पाकिस्तानमा गइरहेको पानी किन रोक्नुप¥यो ? पाकिस्तानमा गइरहेको पानी रोक्नु पनि अर्को युद्धको सङ्केत हो । यस्ता आक्रमणहरू भारतमा बारम्बार भइरहेको छ । त्यसको दोष कुनै देशमाथि लगाउनु के न्यायोचित हुन्छ ? भारतमा भएको आक्रमणको सबै दोष पाकिस्तानमाथि लगाउने काम कसरी सही हुन्छ ? आतङ्कवादको लडाइँमा नेपाल भारतसँग काँधमा काँध मिलाएर उभिएको देखाएर भारतभक्त हुने या भारतीय सरकारको पक्षपोषण गर्ने परराष्ट्रमन्त्री राणाको विचार सङ्कीर्ण हुनुहुँदैन† सङ्कीर्ण विचार बोकेर संसारका अरू मुलुकको सहानुभूति लिनसक्दैन ।
रूस–युक्रेन युद्धमा पनि नेपालले एकतर्फीरूपमा युक्रेनको पक्ष लियो । रूसविरूद्ध आन्दोलन गर्न उक्साउने, सहयोग गर्ने अमेरिकाबारे नेपाल सरकारले केही टिप्पणी गरेन । के यो पुँजीवादी र साम्राज्यवादी देशको पक्ष लिएको भएन र ! नेपाली भूमि अतिक्रमण गर्ने, अतिक्रमित भूमि फिर्ता नदिने, नेपालका प्राकृतिक स्रोत, साधन र कलकारखानाहरू आफ्नो हातमा लिने भारतसँग कसरी गहिरो सम्बन्ध हुन्छ ? गहिरो सम्बन्ध मजबुत बनाउने हो भने भारतले नेपालमा भएका थिचोमिचो, दबाब र असमान सन्धि सम्झौताहरू सबै फिर्ता लिनुपर्छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले कास्मिरमा भएको आक्रमणको निन्दा गर्नु गलत होइन । तर, त्यस्तै आक्रमण अरू देशले गरिरहेको छ भने परिषद्ले सोको पनि निन्दा गर्नुपर्छ । परिषद्ले मानव अधिकार र मानवीय दायित्व निर्वाह गर्दै अन्तर्राष्ट्रिय कानुनको आधारमा संसारको जुनसुकै ठाउँमा हुने आक्रमणको निन्दा गर्नुपर्छ । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले देश आफ्नो सार्वभौमसत्ता रक्षा गर्न तयार भएको बताए । नेपाल सरकार अडानमा बस्नुपर्छ; आफ्नो दलको विचारको आधारमा मन पर्ने र मन नपर्ने देशको आधारमा फरक विचार राख्न पाउँदैन । सरकार असंलग्न नीतिअनुसार अडानमा बस्नुपर्छ ।
Leave a Reply