हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भूगोल दुई शब्द ‘भू’ अनि ‘गोल’ बाट मिलेर बनेको छ अर्थात् भूमि अथवा जमिन/पृथ्वी । ग्रीस भाषाका दुई शब्द ‘Geo’’ र ‘Graphia’ बाट अङ्ग्रेजी शब्द Geography बनेको हो ।
पृथ्वी, भूमि र पृथ्वीमाथि अथवा पृथ्वीमुनि रहेको विभिन्न अवयव र तत्वहरूको विश्लेषण गराउने शास्त्र नै भूगोल शास्त्र अथवा भूगोल भनिन्छ । शब्दले नै स्पष्ट पारेको छ ‘Geo’ अर्थात् भूमि ‘Graphy’ अर्थात् अध्ययन । भूमिको अध्ययनलाई भूगोल भनिएको छ । भूगोलको अध्ययनमा जल–थल, नदी–नाला, पहाड–झरना, माटो– जङ्गल, ढुङ्गा–मुढा आदि आउँछन् ।
भूगोललाई दुई भागमा विभाजन गरिएको छ– भौतिक भूगोल र मानव भूगोल । भौतिक भूगोलले सौर्यमण्डलको उत्पति, सूर्य, ग्रह–उपग्रह आदिको अध्ययन गर्छ भने मानव भूगोलले मानव समाज र त्यस सम्बधित वातावरणको अध्ययन गर्छ ।
पृथ्वीको कुल क्षेत्रफल ५९ करोड वर्ग कि.मि. रहेको छ । पृथ्वीको भूगोललाई आन्टार्कटिका सहित ७ महादेश र ५ महासागरमा विभाजन गरिएको छ ।
एसिया
पृथ्वीको १० डिग्री दक्षिणदेखि ७८ डिग्री उत्तरी अक्षांश र २५ डिग्री पूर्वदेखि १७० डिग्री पूर्वी देशान्तरसम्म फैलावट भएको सबैभन्दा ठुलो स्थल खण्डको रूपमा रहेको एसिया महादेश करिब ४,४५,७९,००० वर्ग कि.मि. मा फैलिएको छ । भूगोल र जनसङ्ख्या दुवै हिसाबले एसिया विश्वको सबैभन्दा ठुलो महादेश हो । यसले पृथ्वीको कुल स्थल भागको २९.८७ प्रतिशत र पूरै पृथ्वीको ८.६ प्रतिशत हिस्सा ओगटेको छ ।
एसिया महादेशको उत्तर–दक्षिण चौडाइ सरदर ८६०० कि.मि. र पूर्व पश्चिम लम्बाइ सरदर ९६०० कि.मि. छ । यसको पूर्वमा प्रशान्त महासागर, दक्षिणमा हिन्द महासागर, पश्चिममा युरोप महादेश र उत्तरमा सुमेरु महासागर रहेको छ । एसिया र युरोपलाई युराल पर्वतले छुट्याएको छ ।
एसियालाई विषमताको महादेश पनि भनिन्छ । किनभने, संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा, सबैभन्दा होचो भाग मृतसागर, सबैभन्दा बढी गर्मी हुने जाकोवावाद, सबैभन्दा चिसो साइबेरिया, सबैभन्दा फराकिलो पठार तिब्बत, सबैभन्दा उचाइको ताल तिलिचो, सबैभन्दा गहिरो ताल बैकाल, सबैभन्दा ठुलो प्रायद्वीप अरब प्रायद्वीप जस्ता विविधताहरू यसै महादेशमा पर्छन् । विश्वको सबैभन्दा बढी वर्षा हुने क्षेत्र भारतको चेरापुन्जी, सबैभन्दा गहिरो गल्छी नेपालको काली गण्डकी (६९६७ मिटर) आदि यसै महादेशमा पर्छन् ।
यो महादेशमा विश्व जनसङ्ख्याको करिब ६० प्रतिशत मानिसहरू बसोबास गर्छन् । त्यसैले यसलाई (Home of man) पनि भनिन्छ । एसिया र टर्किलाई यूरोपमा गणना गरिएको खण्डमा एसियामा मात्रै ४६ वटा देशहरू समाहित भएका छन् । तिनीहरूमध्ये १२ वटा भूपरिवेष्ठित राष्ट्रहरू छन् । उज्वेकिस्तान दोहोरो भूपरिवेष्ठित राष्ट्र हो जसलाई अफगानिस्तान, कजाकस्तान, किर्गिस्तान र ताजकिस्तानजस्ता भूपरिवेष्ठित राष्ट्रले घेरेका छन् । एसिया महादेशमा पर्ने प्रमुख नदीहरूमा याङसे, गंगा, ह्वाङ हो, मेकङ, अमुर आदि हुन् । क्यास्पियन ताल यस महादेशकै सबैभन्दा ठुलो ताल हो ।
यो महादेशको सबैभन्दा ठुलो राष्ट्र चीन र सबैभन्दा सानो राष्ट्र माल्दिभ्स हुन् ।
युरोप
यो महादेश विश्वको छैटौँ ठुलो महादेश हो । यो महादेश पूरै उत्तरी गोलाद्र्धमा पर्दछ । यो महादेश ३८ डिग्री उत्तरी गोलाद्र्धदेखि ७१ डिग्री उत्तरी अक्षांशसम्म र ८६ डिग्री पूर्वी देशान्तर देखि २० डिग्री पश्चिमी देशान्तरसम्म फैलिएको छ । यसको क्षेत्रफल १०४९८०० वर्ग कि.मि. रहेको छ । यसलाई भित्री समुद्रले घेरिएको समुद्र किनार भएको महादेशसमेत भनिन्छ ।
तीनतिर समुद्र भएका स्थलहरू धरै भएको र सिङ्गै युरोपको भूमि पनि तीनैतिर समुद्रले घेरिएको हुनाले यस महादेशलाई प्रायद्विपको पनि प्रायद्वीप भनेर चिन्ने गरिन्छ । यसैले यो सबैभन्दा विकसित महादेशको रूपमा रहेको छ ।
यस महादेशको प्रसिद्ध नदी डेन्यूब नदी हो । ७ भन्दा बढी देश भएर बग्ने भएको हुनाले यसलाई अन्तर्राष्ट्रिय नदी पनि भनिन्छ । यस महादेशको सर्वोच्च शिखर एव्रल्ज (५६३३ मि.) रहेको छ ।
यस महादेशमा ४५ वटा देशहरू रहेका छन् । सबैभन्दा बढी भूपरिवेष्ठित राष्ट्र (१८ वटा) यही महादेशभित्र पर्दछ । विश्वको सबैभन्दा ठुलो रसिया र सबैभन्दा सानो राष्ट्र भ्याटिकन सिटी पनि युरोपमै पर्दछ । यस महादेशलाई उत्तरमा सुमेरु महासागर, दक्षिणमा भूमध्यसागर, पश्चिममा आन्ध्र महासागर र पूर्वमा एसिया महादेशले घेरेको छ ।
उत्तर अमेरिका
यो अमेरिकी महादेशमध्ये उत्तरतर्फ रहेको महादेश हो । यो पृथ्वीको उत्तरी गोलाद्र्ध र झन्डै पूर्णरूपले पश्चिमी गोलाद्र्धमा पर्दछ । यो महादेशको उत्तरतर्फ आर्कटिक महासागर, पूर्वमा उत्तरी आन्ध्र महासाग र दक्षिणमा पानामा नहर पर्दछ, दक्षिणपूर्वमा क्यारेवियन सागर र पश्चिममा उत्तरी प्रशान्त महासागर रहेका छन् । दक्षिण अमेरिका भने दक्षिणपूर्वमा पर्दछ । यस महादेशले करिब २४,७०९००० वर्ग कि.मि. को क्षेत्रफल ओगटेको छ । जुन पृथ्वीको ४.८ प्रतिशत क्षेत्र (जमीन र पानीलगायत) र १६.५ प्रतिशत भू–भाग हो । यो महादेशको क्षेत्रफलको आधारमा एसिया र अफ्रिकापछिको ठुलो महादेश हो भने जनसङ्ख्याको आधारमा एसिया, अफ्रिका र युरोप पछि पर्दछ ।
यो तेस्रो ठुलो महादेश हो । यो महादेशलाई पछि पत्ता लगाएको हुनाले नयाँ संसार पनि भनिन्छ । यो महादेशमा २४ वटा देश रहेको छन् । विश्वमा सबैभन्दा धेरै समुद्री किनारा भएको, भूपरिवेष्ठित राष्ट्र नभएको यो महादेशले ठुलो आर्थिक क्षमता राखेको छ । यसको सबभन्दा ठुलो राष्ट्र क्यानाडा हो भने सेन्ट किट्स एन्ड नेविस सबभन्दा सानो राष्ट्र हो ।
विश्वको सबैभन्दा ठुलो ताजा पानीको ताल सुपेरियर ताल यहीँ महादेशमा पर्दछ । त्यस्तै विश्वकै सबैभन्दा ठुलो नेसनल पार्क नर्थइस्ट ग्रिनल्यान्ड र विश्वकै सबैभन्दा ठुलो गुम्बज एस्ट्रोड्रम यही रहेको छ ।
दक्षिण अमेरिका
कुल विश्वको भू–क्षेत्रको ११.६६ प्रतिशत ओगटेको विश्वको चौथो ठुलो यस महादेशको पूर्वमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर, उत्तरमा उत्तर अमेरिका महादेश र दक्षिणमा कुमेरु महासागर रहेको छ । यो महादेश १२ डिग्री उत्तरी अक्षांशदेखि ५६ डिग्री दक्षिणी अक्षांशसम्म र ३५ डिग्री पश्चिमी देशान्तरदेखि ८० डिग्री पश्चिमी देशान्तरसम्म फैलिएको छ ।
विश्वकै लामो पर्वत श्रृङ्खला एन्डिज, विश्वकै ठुलो नदी अमेजन, विश्वकै अग्लो स्थानमा रहेको राजधानी लापाज (बोलिभिया), विश्वकै जलस्रोतको धनी देश ब्राजिल, विश्वको सबभन्दा अग्लो झरना एन्जेल एरिनास, विश्वको सबैभन्दा अग्लो ज्वालामुखी ओजेस डेस सलादो र विश्वकै सबभन्दा दक्षिण पर्ने सहर पुन्टा एरिनास (चिली) द. अमेरिकामै पर्छन् ।
यस महादेशमा दुई भूपरिवेष्ठितसहित १३ वटा देशहरू रहेका छन् । ब्राजिल सबैभन्दा ठुलो र ट्रिनिडाड टोबागो सबैभन्दा सानो राष्ट्रहरू हुन् । उत्तरमा पानामा नहरले उत्तर अमेरिकी महादेशबाट यसलाई छुट्याएको छ । यो महादेशको सबैभन्दा अग्लो भाग माउन्ट एकोन्कागुआ (६९६२ मि.) र सबैभन्दा होचो भाग Laguna del Caron (अर्जेन्टिना) हुन् । त्यस्तै यहाँको सबैभन्दा ठुलो ताल माराकाइवो र सबभन्दा ठुलो मरुभूमि पाटागोनियन (अर्जेन्टिना) रहेको छ ।
अफ्रिका
कालो, अँध्यारो महादेश कहलिएको यो महादेश विश्वको दोस्रो ठुलो महादेश हो । ३७ डिग्री उत्तरी अक्षांशदोखे ३५ डिग्री दक्षिणी अक्षांश र २० डिग्री पश्चिमी देशान्तरदेखि ५० डिग्री देशान्तरसम्म फैलिएको यो महादेशको उत्तर दक्षिण लम्बाइ ८००० कि.मि. र पूर्व पश्चिम चौडाइ ७४५० कि. मि. रहेको छ । यसको क्षेत्रफल २९७८५००० वर्ग कि. मि. मा फैलिएको छ । २०.२५ प्रतिशत भूभाग ढाकेको यो महादेशलाई भूमध्य रेखाले बिच भागमा काटेको छ, त्यसैले यहाँ बढी तातो हुन्छ । सबैभन्दा बढी देश (५४ वटा) समेटेको यो महादेशमा १६ वटा भूपरिवेष्ठित राष्ट्रहरू रहेका छन् । यहाँको सबैभन्दा ठुलो राष्ट्र अल्जेरिया र सबैभन्दा सानो सेसेल्स छन् । विश्वको सबैभन्दा ठुलो सहारा मरुभूमि र विश्वकै सबैभन्दा लामो नदी (६६९० कि. मि.) नाइल यही महादेशभित्र पर्दछ ।
अफ्रिका महादेशको सबैभन्दा अग्लो पहाड किलिमान्जरो हो जसको उचाइ ५८९५ मि. छ भने सबभन्दा होचो भूभाग लेक असाल हो । यहाँको सबैभन्दा लामो पर्वत श्रृङ्खला एटलस हो । पूरै अफ्रिका महादेशमा एउटै ज्वालामुखी छ जुन माउन्ट क्याम्रुन हो ।
विश्वको सबैभन्दा ठुलो सुनखानी दक्षिण अफ्रिकाको जोहानसबर्ग हो । त्यस्तै विश्वको सबैभन्दा भाषिक विविधता भएको महादेश पनि अफ्रिका महादेश नै हो । यहाँको सबभन्दा ठुलो ताल भिक्टोरिया हो । विश्वको सबैभन्दा ठुलो हिरा खानी किम्बरखान यही महादेशमा पर्दछ । दक्षिण अफ्रिकाको उत्तरमा भूमध्य सागर, पूर्वमा लाल सागर, पश्चिममा आन्ध्र महासागर र दक्षिणमा कुमेरु महासागर पर्दछ ।
अस्ट्रेलिया
यो सबैभन्दा सानो महादेश हो । यसको क्षेत्रफल ७६,८६,८८० वर्ग कि.मि. छ । यसको पूर्व पश्चिमको लम्बाइ ३९०० कि. मि. रहेको छ भने उत्तर दक्षिण चौडाइ ३,१५० मि. रहेको छ । यो महादेशको अक्षांसीय फैलावट १० डिग्री दक्षिणदेखि ४० डिग्री दक्षिणसम्म र देशान्तरीय फैलावट ११४ डिग्री पूर्वदेखि १५३ डिग्री पूर्वसम्म रहेको छ । पूर्वमा प्रशान्त महासागर, उत्तर र पश्चिममा हिन्द महासागर, दक्षिणमा कुमेरु महासागरले घेरिएको यो पृथ्वीको दक्षिणी गोलाद्र्धमा अवस्थित छ । सबैभन्दा सानो यो महादेशलाई ओशिनियाको नामले पनि चिनिन्छ ।
यहाँको अग्लो शिखर कोस्क्युस्को (२४४३ मि.) हो भने होचो भाग आइरा ताल (१६ मि. तल रहेको) हो । यहाँको लामो नदी डार्लिंङ एन्ड मरे रहेको छ । त्यस्तै लामो हिमनदी हर्ड आइल्यान्ड हो भने ठुलो मरुभूमि ग्रेट भिक्टोरिया हो । त्यस्तै ठुलो देश अस्ट्रलिया हो भने सानो देश नाउरू हो । पूर्वतिर ग्रेट डिभाइडिङ रेन्ज उत्तर दक्षिण भएर फैलिएको छ । यसको प्रमुख विशेषता भनेको एक देश एक महादेश नै हो । यो महादेशमा भूपरिवेष्ठित राष्ट्र छैनन् ।
हावापानी, पशुपन्छी, वनस्पति, भौगोलिक आदि प्राकृतिक विविधताले फरक यो महादेशलाई विचित्रताको महाद्वीप पनि भनिन्छ । त्यसैले यसलाई टापु महादेश, कंगारुको महादेशले पनि चिनिन्छ । प्लेटिपसजस्ता अनौँठो वनस्पति यही पाइन्छ । यहाँ जनसङ्ख्याभन्दा भेडाको सङ्ख्या ८ गुणा बढी छ ।
अन्टार्कटिका
यो पृथ्वीको दक्षिणी भागमा फैलिएको र सबभन्दा पछि पत्ता लगाइएको पछिल्लो महादेश हो । यो पाँचाँै ठुलो महादेश हो । यसले पृथ्वीको ९.३८ प्रतिशत भूभाग ओगटेको छ । हिउँदमा दोब्बर क्षेत्रफल हुने यस महादेशलाई हिमचादर (Ice Sheet) को महादेश पनि भनिन्छ । ९८ प्रतिशत भूभाग हिउँले ढाकेको यो मानवविहीन, बनस्पतिविहीन र देश नभएको महादेश हो । विश्वकै सबैभन्दा लामो हिमनदी ल्याम्वर्ट ग्लेसियर यही महाद्वीपमा पर्दछ । अन्टार्कटिकामा पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा हुन् ।
२०८२/०१/१२
स्रोत : विकिपिडिया र विभिन्न एजेन्सीहरू
Leave a Reply