भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
कलैया, १२ वैशाख । नेपाल मजदुर किसान पार्टी मधेश प्रदेश समितिको आयोजनामा शुक्रबार बारा सदरमुकाम कलैयामा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोज साहले कम्युनिस्ट नामधारी पार्टीहरूले सिद्धान्त छोड्दा कम्युनिस्ट र समाजवादी आन्दोलन कमजोर भएका र नेपाली जनतालाई धोखा भएको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य मुक्तिप्रसाद यादवले जनताको शिक्षा र स्वास्थ्यको हकलाई सच्चा कम्युनिस्टहरूले प्राथमिकता दिने बताउँदै नेमकिपा नेपालको एक सच्चा कम्युनिस्ट पार्टी भएको बताउनुभयो ।
नेमकिपा मधेस प्रदेश समितिका सचिव प्रकाश थुसाले कमिसन र भ्रष्टाचार पुँजीवादी व्यवस्था र पुँजीवादी पार्टीहरूको विशेषता भएको बताउँदै आफूलाई सच्चा कम्युनिस्ट दाबी गरेर नथाक्नेहरू पुँजीवादी आचरणमा काङ्ग्रेसभन्दा अगाडि देखिएको बताउनुभयो ।
प्रदेश समितिका सदस्य रमेश प्रजापतिले युवा–विद्यार्थीहरू रोजगार र शिक्षाको नाममा विदेसिंदा देश युवाविहीन हुँदै गएको चर्चा गर्दै त्यसैमा रमाउने शासकहरूले देशको हित गर्ने आशा पटक्कै गर्न नसकिने प्रस्ट्याउनुभयो ।
Leave a Reply