भर्खरै :

पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी गणतन्त्र

पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी गणतन्त्र

भक्तपुर, १२ वैशाख । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिले शुक्रबार ‘नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको सन्देश तथा धन्यवाद’ कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भजिसका उपाध्यक्ष एवम् चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले समाजवाद नआएसम्म कामदारवर्गको हित नहुने भएको हुँदा समाजवादी गणतन्त्र प्रचार अभियानलाई युवाहरूले तीव्र पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले कम्युनिस्ट नामधारी केही शासक नेताहरूले पुँजीवादको पक्षमा वकालत गर्दै हिँड्नु माक्र्सवादी सिद्धान्तविपरीत रहेको उल्लेख गर्दै पुँजीवादी व्यवस्थाको विकल्प राजतन्त्र नभई समाजवादी गणतन्त्र रहेको स्पष्ट पार्नुभयो ।
पार्टी प्रकाशनहरू निरन्तर अध्ययन गरेर युवाहरूले आफ्नो सैद्धान्तिक स्तरलाई पनि उच्च बनाउनु जरूरी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले प्रगतिशील बुद्धिजीवी तथा देशभक्त पुँजीपतिहरूको सहयोगमा कामदारवर्गले नेतृत्व गर्ने ‘जनताको प्रजातन्त्र’ को सान्दर्भिकता जनतामाझ पु¥याएर समाजवादी क्रान्तिको वातावरण तयार पार्न युवाहरू सक्रिय हुनु जरूरी रहेको आवश्यकता औँल्याउनुभयो ।
विज्ञानमा आधारित माक्र्सवादी दर्शनको प्रचार अभियानलाई तीव्र पारेर अन्धविश्वासविरूद्ध सङ्घर्ष गर्न युवाहरू लाग्नु जरूरी रहेकोमा अध्यक्ष बाटाले जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष एल. लिगलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एस. दुलालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *