ताथलीमा भिन्तुना ¥याली : समाजवादी क्रान्तिको आधार तयार गर्न जोड
- कार्तिक ७, २०८२
भक्तपुर, १६ वैशाख । भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा मङ्गलबार वडावासीहरूलाई कुहिने र नकुहिने फोहोर सङ्कलनको लागि अलगअलग बाल्टिन वितरण गरिएको छ । बाल्टिन वितरण कार्यक्रममा भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले हाम्रा अग्रजहरूले भक्तपुरलाई सफा नगरको रूपमा कायम गर्न सफाइ आन्दोलन गरेको स्मरण गर्नुभयो ।
भक्तपुरको फोहोरलाई व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र नगरपालिकाको गाडीमा राख्न अनुरोध गर्दै उहाँले भक्तपुरलाई सफा नगरको रूपमा विकास गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
स्थानीय रत्नकाजी नातरीले भक्तपुर नगरपालिकाले जनताको सेवा गरिरहेको बताउँदै नपाले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा गणेशप्रसाद सुवाल र श्यामसुन्दर मातांले पनि बोल्नुभएको थियो । यस आ.व.सम्म सफाइ शुल्क तिरेका नगरवासीहरूलाई रु. २०० मा दुईवटा बाल्टिन वितरण गरिएको थियो ।
Leave a Reply