चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
भक्तपुर, १६ वैशाख । नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भ.न.पा.४ वडा एकाइ समितिको आयोजनामा बुधबार १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा हुने जुलुस तथा सभा सफल पार्न मजदुर भेला भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ भजिसका अध्यक्ष उपेन्द्र सुवालले कामदार वर्गको शासनसत्ता ल्याउन त्याग र समर्पणको भावनाले निःस्वार्थपूर्वक काम गर्नुपर्ने भनाइ राख्दै भक्तपुरमा विदेशी सहयोगबिना सम्पदा पुनःनिर्माण सम्भव भएकोे पुष्टि गर्नुभयो ।
भक्तपुर नगरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने सोचअनुरूप काम हुँदै आइरहेको चर्चा गर्दै श्रमिकवर्गको मुक्तिको लागि सङ्घर्षबाहेक अरू विकल्प नभएको बताउनुभयो ।
शासक दलले जस्तै नेमकिपाले धम्कीपूर्ण भाषा प्रयोग गरी चन्दा असुल्ने काम गर्दैन भन्दै उहाँले सरकारले मजदुरहरूलाई निम्नतम ज्यालाको बन्दोबस्त गर्न गराउन नसकेकोमा खेद प्रकट गर्नुभयो ।
नेमकिपा बोलाछें समितिका एच.एस. सुवालले युवावर्ग विदेश पलायन हुँदा जग्गा जमिन बाँझो भएकोले स्वदेशी उत्पादन नहुँदा विदेशबाटै विषादीयुक्त तरकारी, खाद्यान्न आयात गर्नु परेको बताउँदै सम्पूर्ण मजदुरहरूलाई निःशुल्क स्वास्थ्य उपचारको बन्दोबस्त हुनुपर्ने भनाइ राख्नुुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ बोलाछेँ समितिका अध्यक्ष कृष्णलक्ष्मी दुवालले महिला मुक्तिको निम्ति समाजवादी व्यवस्था अपरिहार्य भएको बताउँदै राज्यले प्रत्येक नागरिकलाई काम, मामको बन्दोबस्त गर्नसक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भनपा ४ वडा समिति अध्यक्ष पुरूषोत्तम जाकिबन्जारको सभापतित्वमा भएको उक्त भेलामा आयोजक समितिका कोषाध्यक्ष पञ्चरत्न सैंजूलगायतले बोल्नुभयो ।
Leave a Reply