फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
भक्तपुर, १६ वैशाख । भ.न.पा.४ मङ्गलाछेँ थुगुचो आपत्विपद्कालीन सहयोग समूहको ११ औँ साधारणसभा सोमबार सम्पन्न भयो ।
नेमकिपा बोलाछेँ समितिका एच.एस. सुवालले आपद्विपद्मा सहयोग गर्नु असल सामाजिक काम भएको बताउँदै व्यक्तिगत स्वार्थलाई त्यागेर समाजको हितको लागि गरिने काम पछिसम्म सम्झिने हुँदा सामाजिक व्यवहार, मर्यादाबारे आफूले सिक्ने र नयाँ पुस्तालाई सिकाउने अभ्यासको थालनी हुनुपर्दछ भन्नुभयो ।
खेलकुद, सम्पदा संस्कृति, सरसफाइलगायतका गतिविधिमा सहभागी भई सभ्य समाज निर्माणमा योगदान गर्न सबै एकजुट हुन आवश्यक भएको चर्चा गर्दै भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपबाट सुरक्षित रहन एक अर्काप्रति मानवीय सेवा गर्ने काम आफैमा पवित्र भावना भएको उल्लेख गर्नुभयो ।
आपत्विपद्कालीन सहयोग समूहका अध्यक्ष रामकृष्ण मुलगुठीले सभापतिको आसनबाट बोल्दै २०७१ सालमा २३ जना सदस्यबाट सुरु भएकोे उक्त समूहमा हाल ७८ पुगेको बताउनुभयो । सामाजिक कार्यलाई निरन्तरता दिंँदै अगाडि बढ्न उहाँले सम्बन्धित निकायबाट सहयोगको अपिल गर्नुभयो ।
उक्त कार्यक्रममा सचिव कान्छी चगुठीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । समूहका कोषाध्यक्ष रामहरि चगुठीले आयव्यय विवरण प्रस्तुत गर्नुभयो भने सदस्य पुण्यराम कर्माचार्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply