भर्खरै :

‘मजदुर’ दैनिक पत्रिकाबारे अन्तरक्रिया

‘मजदुर’ दैनिक पत्रिकाबारे अन्तरक्रिया

काठमाडौँ, १६ वैशाख । नेपाल मजदुर किसान पार्टी काठमाडौँ रामेछाप सम्पर्क समितिको आयोजनामा वैशाख १३ गते ‘मजदुर’ दैनिक पत्रिकाबारे अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपा जिल्ला समिति भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजुले ‘मजदुर’ दैनिक देश र जनतामा समर्पित आस्थाको पत्रिका हो भन्नुभयो ।
पत्रिकामार्फत जनतालाई राजनीतिक, सैद्धान्तिक वैचारिक र व्यवहारिक रूपमा सचेत र सङ्गठित बनाई सङ्घर्षशील भावना जगाउने काम गरिरहेको उहाँले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रमले पढन संस्कृतिको विकासमा टेवा पु¥याउने आवश्यकता औँल्याउँदै उहाँले पुँजीवादी गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र हो भन्नुभयो ।
शिक्षक गणेशराम थुसाले अन्तर्राष्ट्रिय श्रमिक दिवसको आवश्यकताबारे चर्चा गर्दै सन् १८८६ मा अमेरिकाको सिकागोमा मजदुर आन्दोलन नगरेको भए मजदुरहरूले ८ घण्टाको काम र उचित पारिश्रमिक नपाउने बताउनुभयो ।
कार्यक्रममा धनबहादुर श्रेष्ठ, श्रीराम श्रेष्ठ, राजकुमार श्रेष्ठ, सोनी श्रेष्ठले हरेक कार्यकर्तामा क्रान्तिकारी भावना आवश्यक हुन्छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *