फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
अछाम, १८ वैशाख । नेपाल मजदुर किसान पार्टी अछाम जिल्ला समितिको आयोजनामा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस बिहीबार कमलबजारमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा अछामका जिल्ला अध्यक्ष झंकरबहादुर शाहीले एमाले र माओवादी भनाउँदा कम्युनिस्ट पार्टीले सरकारमा गएर छेपारे प्रवृत्ति देखाएर पुँजीपतिवर्गको फाइदा हुने काम गर्ने र उद्योग कलकारखाना बेचेर खानेविरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ अछामका अध्यक्ष वीरेन्द्र शाहीले समाजवाद नआएसम्म मजदुरवर्ग शोषणमा परिरहने भएकोले समाजवादी व्यवस्था ल्याउन मजदुरवर्ग सङ्घर्षमा लाग्नुपर्छ भन्नुभयो ।
उक्त कार्यक्रममा नेमकिपा कमलबजार नगर समितिका सदस्य सुन्तली शाही, नेमकिपा कनपा ६ वडा समिति सचिव गीता शाही, नेक्रामहिलासङ्घ वडा नं. ६ वडा समिति अध्यक्ष रञ्जना शाहीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply