भर्खरै :

‘आमूल परिवर्तनका लागि नेमकिपाको स्थापना’

भक्तपुर, १३ फागुन । भक्तपुर सिकर्मी सङ्घको छैटौ स्थापना दिवसको अवसरमा आइतबार एक कार्यक्रम भयो ।भक्तपुर, १३ फागुन । भक्तपुर सिकर्मी सङ्घको छैटौ स्थापना दिवसको अवसरमा आइतबार एक कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपाल मजदुर किसान पार्टी आमूल परिवर्तन गरी आदर्श समाज निर्माण गर्न स्थापना भएको चर्चा गर्दै व्यक्तिगत इच्छा एवं आकाङ्क्षालाई व्यापक जनताको हितसँग जोड्नु नै त्यस आदर्श समाजको संस्कृति हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘निरङ्कुश राणा शासक र निर्दलीय पञ्चायती व्यवस्थाविरूद्ध लडेर वीरगति प्राप्त सहिदहरू र योद्धाहरूको सपना पनि आदर्श समाज निर्माण नै हो । सहिदको बलिदानले बहुदलीय व्यवस्थाको पुनः स्थापना भयो तर सरकारमा गएका पार्टीका नेता प्रधानमन्त्री र मन्त्रीहरू राजा–महाराजाजस्तै रूघाखोकीको उपचार गर्न दिल्ली–बैड्ढक पुगे । सर्वसाधारण जनता उपचार गरिने सरकारी अस्पताललाई मसानघाट जस्तो बनाइयो ।
सचिव सुवालले अगाडि भन्नुभयो, ‘विसं २०२८ सालको जमिनदारहरूलाई समाप्त पार्ने झापा आन्दोलनबाट अघि बढेको एमाले र विसं २०५२ सालको सशस्त्र द्वन्द्वबाट आएको माओवादी दुवै पूँजीवादी सरकारको भागवण्डामा केन्द्रित भयो । प्रधानमन्त्रीको लागि कालो धन सेतो बनाउने वाचा गर्ने र भारतीय विदेशमन्त्रीसँग आत्मसमर्पण गर्ने पार्टी र सशस्त्र द्वन्द्व भारतको आश्रयमा सञ्चालन गरी अहिले गल्तीको माफी माग्नेहरू देशद्रोही र जनद्रोही हुन् । यस्ता प्रधानमन्त्री र मन्त्रीहरूले सहिदको सपना पूरा गर्दैनन् ।’
उहाँले भन्नुभयो, ‘विसं २०४६ सालको जनआन्दोलनलाई निर्णायक ढ·ले अघि बढाउन फागुन ८ गते भक्तपुरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा भएको जुलुस र त्यस जुलुसमाथि पञ्चायती सरकारले चलाएको गोलीबाट चार जना सपूतले वीरगति प्राप्त गरेपछि देशभरि जनआन्दोलन उठाउन प्रेरणा मिलेको थियो ।’
आयोजक समितिका अध्यक्ष बिक्रम ढुकुछूको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सहसचिव उपेन्द्र सुवाल, संस्थाका आयोजक समितिका उपाध्यक्ष रामसुन्दर सुवाल र सहसचिव श्रीप्रसाद लवजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *