क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
लामो समयदेखि युद्ध हुँदै आएको सिरियाको यो साता सरकार र विद्रोही पक्षबीच भएको निर्मम लडाईले मानवीय संकट निम्त्याएको छ । सिन्ह्वा समाचार संस्थाका अनुसार शान्ति वार्ताका लागि स्वीडेन र कुवेतले तयार गरेको प्रस्तावमा रुसले गरेको संशोधनमा कुरा नमिलेपश्चात सिरियामा दुई पक्षबीच लडाई चर्किएको बताइएको छ । रुसले सिरियामा आतंकवादी गतिविधि गर्दै आएका समूहलाई आतंकवादी समूह भनी प्रस्तावित दस्तावेजमा उल्लेख गर्नुपर्ने र तिनलाई शान्ति वार्तामा सामेल बनाउन नहुने भन्दै प्रस्तावमा संशोधन पेश गरेको थियो । सिरियामा बस्सार अल अस्सद सरकारको विरोधमा लडिरहेको विद्राही समूहलाई संरा अमेरिका र सायदी अरबको सहायता रहँदै आएको छ ।
विद्रोही समूहले राजधानी दमास्कस छेउछाउमा निर्मम हमला गरिरहेको छ भने सिरिया सरकारले दमास्कसको पूर्वी भागमा अवस्थित घाउटा क्षेत्रमा हमला गरिरहेको छ । दुई पक्षीय हमलामा परी कम्तीमा पाँच सय सर्वसाधारण मारिएका छन् । मारिनेमा अधिकांश केटाकेटी छन् ।
संरा संघको सुरक्षा परिषद्ले दुवै पक्षलाई कम्तीमा तीस दिनको लागि युद्धविरामको लागि प्रस्ताव पारित गरेको छ तर त्यो अवधिमा त्यहाँको मानवीय संकटको समाधान गर्न गाह«ो हुने पर्यवेक्षकहरुको भनाई छ ।
संसारभर सिरियाको मानवीय संकटप्रति चिन्ता व्यक्त भएको छ । सामाजिक सञ्जालमा व्यापक बनेको सिरिया युद्धका कारुणिक तस्वीरले त्यहाँको दयनीय अवस्थाप्रति चिन्ता व्यापक बनेको हो ।



l;
Leave a Reply