मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, २० वैशाख । भक्तपुर नगरपालिका वडा नं. ६ कार्यालयको आयोजनामा घरघरबाटै फोहर छुट्याई सफा तथा स्वच्छ राख्न हरियो र रातो बाल्टिन सहुलियत दरमा वडावासीहरूलाई शनिबार वितरण गरियो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले समाजवादी व्यवस्था स्थापना गर्न नेपाल मजदुर किसान पार्टी अथक सङ्घर्षरत रहेको चर्चा गर्नुभयो । भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, रोजगारी र सफाइ अभियानमा विशेष महत्वका साथ कार्य गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
सांस्कृतिक नगर भक्तपुरमा विकास निर्माण कार्यलाई ठेक्कापट्टामा नभई स्थानीय उपभोक्ता समितिमार्फत जनश्रमदानका साथ मठ, मन्दिर, पाटी पौवा, बाटो, अरनिको सभा भवन निर्माण कार्य निरन्तर अघि बढिरहेको उहाँले चर्चा गर्नुभयो । देकोचादेखि चाँगु, साँखु, सम्बुलटार जाने बाटो पीच सडक कार्यको लागि भक्तपुर नगरमा पर्ने देकोचादेखि वन्ती पुलसम्मको बाटोमा ह्युम पाइप, पेटी निर्माण, खानेपानी तथा पीच सडक कार्यका लागि विकास निर्माण कार्यमा सहयोग गरिरहेको पनि उहाँले बताउनुभयो ।
युवाहरू कुलतबाट टाढा रहनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पारिवारिक झै–झगडाबाट मृत्युसमेत भएको घटनातर्फ चनाखो हुनुपर्ने बताउनुभयो ।
कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले नपाको सेवा शुल्क भनेकै नगरवासीकै सम्पत्ति भएको हुँदा आफ्नो आम्दानीअनुसारको नियमानुसार तिर्नुपर्ने कर बुझाउनु नगरवासीहरूको दायित्व रहेको उल्लेख गर्दै घर परिवारबाटै संस्कार सिकाउन जरुरी छ भन्नुभयो ।
वडा सदस्य गोविन्द दुवालले नगरको सफाइ कार्यलाई धेरै लगानी खर्च धानिरहेको तर्फ मध्यनजर गरी घरघरबाटै फोहर छुट्याएर सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
स्थानीय गोपीकृष्ण चाँगुभारीले भक्तपुर नपाले विगतमा गरेको सफाइ अभियानको स्मरण गर्दै हालको सफाइ अवस्थासम्म पु¥याउन भक्तपुर नपाले निकै कसरत गर्नुपरेको उल्लेख गर्नुभयो ।
वडा सदस्य सिद्धिराम अवालले सहरलाई सफा र स्वच्छ बनाउने अभियानलाई सार्थक तुल्याउन अग्रसर रहनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
Leave a Reply