भर्खरै :

कालिकापुरमा प्रशिक्षण

कालिकापुरमा प्रशिक्षण

कैलाली, २० वैशाख । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारी जानकी गाउँपालिका वडा नं. २ कालिकापुरमा शनिबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष रमेशकुमार रावलले राजनीति भनेको सबै नीतिको प्रमुख भएको चर्चा गर्दै राजनीति निःस्वार्थ रूपले देश र जनताको हितको निमित्त गर्नुपर्ने बताउनुभयो ।
उहाँले कामदार मजदुर र किसानको हित हुने व्यवस्था भनेको समाजवादी व्यवस्था भएको र यस व्यवस्थामा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, मनोरञ्जन र सुरक्षाको ग्यारेन्टी हुने कुरा प्रस्ट पार्नुभयो ।
नेमकिपा कैलालीका धनबहादुर थापामगरले सम्पूर्ण मजदुर र किसानमा राजनीतिक चेतना हुनुपर्ने र राजनीतिबारे चिन्तन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ कैलाली अध्यक्ष एचबीले नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले मजदुर र किसानका छोराछोरीहरूको हितको लागि निःशुल्क, अनिवार्य र उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षा व्यवस्थाको पक्षमा सङ्घर्ष गरिरहेको प्रस्ट पार्नुभयो ।
उहाँले अन्तर्राष्ट्रिय श्रमिक दिवसको इतिहासबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *