नाकाबन्दीका बिच क्युवाका स्वास्थ्य चमत्कारहरू
- जेष्ठ २१, २०८३
नेपालका चिकित्सकहरू विशेषतः शिक्षण संस्थामा अध्ययनरत र कार्यरत रेजिडेन्ट डाक्टरहरू, विगत केही समयदेखि आक्रोशित र आन्दोलित छन् । अहिले देशभरका सरकारी शिक्षण अस्पतालहरू प्रभावित छन्, जुनियर डाक्टरहरू महिनौँ लामो हडतालमा छन् र बिरामीहरूले उपचार सेवा नपाएर अन्योलमा परेका छन् । यस्तो स्थितिमा जनताले सोच्नु स्वाभाविक हो, किन डाक्टरहरूले हडताल गरेका हुन् ?
साधारणतया, ‘डाक्टर’ भन्ने बित्तिकै समाजले सेवा, निष्ठा र समर्पणको प्रतीक ठान्छ । तर, जब ती सेवकहरू स्वयं शोषण, अन्याय र अपमानको सिकार बन्छन्, तब उनीहरू आवाज उठाउन बाध्य हुन्छन् । आजको यो हडताल सेवा अस्वीकार होइन, यो चेतावनी हो, सुधारको आग्रह हो र स्वास्थ्य प्रणालीको सङ्कटमाथिको सङ्केत हो ।
स्वास्थ्य सेवा : बजार होइन, उत्तरदायित्व हो
स्वास्थ्य सेवा कुनै पनि सामानजस्तो होइन, जुन बजारमा मोलतोल गरेर किनबेच गरियोस् । यो मानवीय जीवनसँग प्रत्यक्षरूपमा जोडिएको संवेदनशील र अत्यावश्यक सेवा हो । यद्यपि, विगत दुई दशकदेखि नेपालमा स्वास्थ्य क्षेत्रलाई पनि ‘फ्री मार्केट इकोनोमिक्स’ को नाममा निजीकरण र व्यापारीकरणतर्फ धकेलिएको छ ।
नेपालका चिकित्सकहरू विशेषतः शिक्षण संस्थामा अध्ययनरत र कार्यरत रेजिडेन्ट डाक्टरहरू, विगत केही समयदेखि आक्रोशित र आन्दोलित छन् । अहिले देशभरका सरकारी शिक्षण अस्पतालहरू प्रभावित छन्, जुनियर डाक्टरहरू महिनौँ लामो हडतालमा छन् र बिरामीहरूले उपचार सेवा नपाएर अन्योलमा परेका छन् । यस्तो स्थितिमा जनताले सोच्नु स्वाभाविक हो, किन डाक्टरहरूले हडताल गरेका हुन् ?
साधारणतया, ‘डाक्टर’ भन्ने बित्तिकै समाजले सेवा, निष्ठा र समर्पणको प्रतीक ठान्छ । तर, जब ती सेवकहरू स्वयम् शोषण, अन्याय र अपमानको शिकार बन्छन्, तब उनीहरू आवाज उठाउन बाध्य हुन्छन् । आजको यो हडताल सेवा अस्वीकार होइन, यो चेतावनी हो, सुधारको आग्रह हो र स्वास्थ्य प्रणालीको सङ्कटमाथिको सङ्केत हो ।
स्वास्थ्य सेवा : बजार होइन, उत्तरदायित्व हो
स्वास्थ्य सेवा कुनै पनि सामानजस्तो होइन, जुन बजारमा मोलतोल गरेर किनबेच गरियोस् । यो मानवीय जीवनसँग प्रत्यक्षरूपमा जोडिएको संवेदनशील र अत्यावश्यक सेवा हो । यद्यपि, विगत दुई दशकदेखि नेपालमा स्वास्थ्य क्षेत्रलाई पनि ‘फ्री मार्केट इकोनोमिक्स’ को नाममा निजीकरण र व्यापारीकरणतर्फ धकेलिएको छ ।
सरकारी अस्पतालहरू उपेक्षित छन्, सरकारी चिकित्सकहरू न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन् तर निजी मेडिकल कलेज र अस्पतालहरू दिनदिनै फस्टाइरहेका छन् । निजी क्षेत्रको मुनाफामूलक चिन्तनले गुणस्तरीय उपचार पहुँचविहीन बनाएको छ । अब स्वास्थ्य सेवा ‘सेवा’ नभई ‘विलासिता’ बन्दै गएको छ, जुन केबल धनीहरूका लागि उपलब्ध छ ।
चिकित्सक : सेवकमात्र होइन, श्रमिक पनि हुन्
सरकारी अस्पतालका रेजिडेन्ट डाक्टरहरू देशको स्वास्थ्य प्रणालीको मेरुदण्ड हुन् । उनीहरू बिहान बेलुकी होइन, दिनरातको सिमाना विना बिरामीको सेवा गर्छन् । तर, त्यही चिकित्सकहरूले महिनौँसम्म तलब पाउँदैनन्, छात्रवृत्तिको नाममा न्यूनतम रकममा वर्षौँदेखि खटिरहेका हुन्छन् ।
आजको हडतालको एउटा मूल कारण भनेकै यस्ता कठिन अवस्था सुधारको माग हो । चिकित्सकहरू केबल पैसा मागेका होइनन्, उनीहरूले न्याय, सुरक्षा र सम्मानको माग गरेका छन् ।
सरकारी असफलता र व्यापारीकरण : जरो समस्याको
नेपालमा मेडिकल शिक्षा अहिले व्यापारीकरणको चरम सीमामा पुगेको छ । हरेक वर्ष दर्जनौँ निजी मेडिकल कलेजहरूले बिनामाग बिनायोजना डाक्टर उत्पादन गरिरहेका छन् । डाक्टर उत्पादन गर्नुपर्छ भन्ने होइन तर कति र किन भन्ने कुरा राज्यले तय गर्नुपर्ने हो, मेडिकल व्यवसायीले होइन ।
सरकारले बजेटको न्यूनतम हिस्सामात्र स्वास्थ्य क्षेत्रमा खर्च गर्छ । परिणामस्वरूप, सरकारी अस्पतालहरू चरम संसाधन अभावमा छन्, चिकित्सकहरू असन्तुष्ट छन् र बिरामीहरू बिचल्लीमा परिरहेका छन् । जब राज्यले आफ्नै अस्पताल र डाक्टरको ख्याल गर्दैन, तब निजी क्षेत्रलाई छुट दिनुपर्ने बाध्यता बढ्छ र यिनै निजी मेडिकल कलेजहरूले उच्च शुल्क लिई डाक्टर उत्पादन गर्छन्, जो फेरि बेरोजगार वा शोषित बन्छन् ।
के गर्नु आवश्यक छ ?
यो समस्या समाधान गर्न तुरुन्त कदम चाल्नुपर्छ :
१. स्वास्थ्यमा कुल बजेटको कम्तीमा १० प्रतिशत लगानी गर्नुपर्छ, जसले पूर्वाधार, जनशक्ति र औषधोपचार सुधार गर्छ ।
२. सरकारी चिकित्सकहरूलाई न्यूनतम जीवनस्तर सुनिश्चित गर्ने तलब र सेवा सुविधा दिनुपर्छ अन्यथा ‘ब्रेन ड्रेन’ हुने खतरा बढ्दो छ ।
३. निजी मेडिकल कलेजहरूलाई कडाइका साथ नियमन गर्नुपर्छ – गुणस्तरीय शिक्षा र डाक्टरहरूको हकहित सुनिश्चित गर्न ।
४. डाक्टर उत्पादन राष्ट्रको आवश्यकताअनुसार गर्नुपर्छ, व्यापारीहरूको मागअनुसार होइन ।
५. रेजिडेन्ट डाक्टरहरूलाई उचित तालिम, कार्यस्थल सुरक्षा, मानसिक स्वास्थ्य सहयोग र नियमित छात्रवृत्ति प्रदान गर्नुपर्छ ।
निष्कर्ष : यो लडाइँ हाम्रो स्वास्थ्यको हो
हाम्रो आवाज केबल हाम्रो लागि होइन, तपाईँहरूको लागि हो, जो उपचार खोज्दै सरकारी अस्पतालको लाइनमा उभिनुहुन्छ । आज हामी बोलिरहेका छौँ, भोलि तपाईँको स्वास्थ्य सुरक्षित रहोस् भनेर ।
हडताल हाम्रो चाहना होइन, बाध्यता हो । अब समय आएको छ, जब सरकारले स्वास्थ्य सेवा क्षेत्रलाई बजारीकरण होइन, उत्तरदायित्वका रूपमा स्वीकार गरोस् । डाक्टरहरूलाई सेवा गर्न दिनुहोस्, तर सम्मानसाथ, न्यायसाथ र सुरक्षासाथ ।
(डा. बुद्धिमान तामाङ राष्ट्रिय चिकित्सा शिक्षा प्रतिष्ठान (न्याम्स) का तृतीय वर्षका रेजिडेन्ट हुन् । नेपाल आँखा अस्पतालमा कार्यरत उनी रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका उपाध्यक्ष पनि छन् ।)
Leave a Reply