भर्खरै :

सुर्खेतमा साहित्य गोष्ठी

सुर्खेतमा साहित्य गोष्ठी

सुर्खेत, २० वैशाख । विश्व सर्वहारावर्गका महान् गुरू कार्ल माक्र्सको २०७ औँ जन्म जयन्तीको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा शनिबार साहित्य वाचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य एवम् युवा विद्यार्थी परिचालन समिति सदस्य धनेन्द्र विकले सर्वहारावर्गको मुक्ति सम्भव भएको चर्चा गर्दै जनताको पक्षमा साहित्य लेख्न र अध्ययन गरी जनतालाई सचेत पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अधिवक्ता एवम् साहित्यकार टीकाप्रसाद पोखरेलले विविध विधाका साहित्यहरू लेखनमा दक्षता बढाउनुपर्ने र जनताको प्रगतिशील साहित्य लेखनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अङ्गबहादुर शाही, रणबहादुर राना, खेमराज कँडेल, विमल विक, अस्मिता सुनार, निरूता रावत, रवीन्द्र भण्डारी, महेन्द्र सिजापति, तुल्सी सिजापति र शर्मिला विक लगायतले गीत, कविता, गजल वाचन गर्नुभएको थियो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जिल्ला समिति सुर्खेतको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष कमल शाहीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *