भर्खरै :

दक्षिणका राष्ट्रपतिको लोकप्रियता बढ्यो

यो साता दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनको लोकप्रियता बढेको छ । ग्रीष्मकालीन ओलम्पिकमा प्रजग कोरियालाई सहभागी बनाउन सफल भएसँगै उनको लोकप्रियता बढेको सर्वेक्षणले देखाएको छ । गालअप कोरिया पोल नामको सर्वेक्षण संस्थाका अनुसार पछिल्ला दुई साताभन्दा मुनको लोकप्रियता यो साता ५ प्रतिशतले बढेको हो । उनको लोकप्रियता ६८ प्रतिशत पुगेको गालअपले जनाएको छ ।
पछिल्लो मङ्गलबारदेखि बिहीबार एक हजार दुई जना मानिसहरुबीच गरिएको सर्वेक्षणको आधार यो निष्कर्ष निकालिएको हो ।
गएको फेब्रुअरी ९ बाट शुरु भएको ग्रीष्मकालीन ओलम्पिक खेलमा प्रजग कोरियाबाट खेलाडीहरुसहित एक उच्च स्तरीय भ्रमण गराउन सफल भएसँगै मुनको लोकप्रियता एकाएक बढेको हो ।
प्रजग कोरियाको उच्चस्तरीय भ्रमण टोलीमा त्यहाँका राष्ट्रपति किम यो छोल र प्रजग कोरियाली सर्वोच्च नेता किम जोङ उनका बहिनी पनि सहभागी भएका थिए ।
लामो समयदेखि तनावग्रस्त रहेको अन्तरकोरियाली सम्बन्धमा पछिल्लो भ्रमणले दुई कोरियाबीच सम्बन्ध सकारात्मक दिशामा अघि बढ्ने आशा विश्लेषकहरुले गरेका छन् । मुनको लोकप्रियता बढ्नुलाई अन्तरकोरियाली सम्बन्धमा सुधार हुुनु र दक्षिण कोरियाले उत्तरसँग सम्बन्ध बलियो बनाउनुलाई दक्षिण कोरियाली जनताले स्वागत गरेको संकेतका रुपमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *