भर्खरै :

भियतनाम, चीन र मलेरिया

भियतनाम, चीन र मलेरिया

सङ्क्रमित लामखुट्टेबाट सर्ने परजीवीका कारण सर्छ मलेरिया । मलेरियाका कारण हजारौँ वर्षको मानव इतिहासमा अरबौँ मानिसले ज्यान गुमाएका छन् । गत शताब्दीमा मात्र यसका कारण १५ देखि ३० करोड मानिसले ज्यान गुमाए ।
बिफर, हैजा, पोलियो र प्लेगजस्ता रोगले सताउन छोडे पनि मलेरिया र क्षयरोगले गर्दा आज पनि बर्सेनि लाखौँ मानिसले ज्यान गुमाइरहेका छन् । सन् २०२३ मा मात्र मलेरियाका कारण विश्वभरि ५ लाख ९७ हजार मानिसको ज्यान गयो । तीमध्ये ९५ प्रतिशत मानिस अफ्रिकी थिए । यो रोगले कुनै बेला अमेरिकाको पुँजीवादी साम्राज्यको विरोधमा भइरहेको भियतनामी मुक्ति सङ्घर्षलाई नै खतरामा पारेको थियो । भियतनामी जनता अमेरिकी विमानले खसाल्ने नेपाम र एजेन्ट ओरेन्जजस्ता घातक बमले त मर्थे नै । यसमा थपिएको थियो मलेरियाको महामारी ।
कर्पोरेट मिडियाहरूले भन्ने गरेको हो चिमिन्ह मार्गमा हिँड्ने भियतनामी लडाकुहरू लामखुट्टेबाट अत्यन्त पीडित थिए । पहिले पहिले क्लोरोकिन जस्ता औषधीले काम दिन्थे । युद्धको बेला तिनले पनि काम दिन छोडे ।
भियतनामी कम्युनिस्ट नेता हो चिमिन्हले जनगणतन्त्र चीनसँग सहयोग माग्नुभयो । उहाँका मित्र माओ त्सेतुङले नयाँ र प्रभावकारी औषधि–उपचारको खोजी गर्न प्रोजेक्ट ५२३ नामक कार्यक्रम सञ्चालन गराउनुभयो ।
सन् १९६७ को मे २३ को दिन सुरु भएको हुनाले त्यसको नाम प्रोजेक्ट ५२३ राखिएको थियो । सो परियोजनाको नेतृत्व एक मेडिकल अनुसन्धानकर्मी तु युयूले गर्नुभएको थियो ।
प्रोजेक्ट ५२३ मा यु यागाङ र जोङ युरोङ लगायत ५०० भन्दा बढी अनुसन्धानकर्मी थिए । यो टोलीले चीनका परम्परागत औषधिको पुरानो सूचीबाट हजारौँ प्रयोग ग¥यो ।
१६ सय वर्ष पुरानो चिनियाँ औषधिको ग्रन्थमा उल्लेख भएको मिठो पातीमा सबैको ध्यान गयो । तु युयूले त्यसबाट औषधि निकाल्ने विधि विकास गर्नुभयो । यसरी सन १९७२ मा मलेरियाप्रतिरोधी औषधि आर्टेमिसिनिन पत्ता लाग्यो ।

समाजवादी ऐक्यबद्धताविरुद्ध पुँजीवादी लोभ
आर्टेमिसिनिन र त्यसपछिको औषधि पनि चीनमै विकास भयो । त्यसको नाम राखियो डिहाइड्रोआर्टेमिसिनिन । यो औषधिले विश्वभरि लाखौँ करोडौँ मानिसको ज्यान जोगाइसकेको छ । तु युयूलाई सन् २०१५ मा नोबेल पुरस्कारले सम्मानित गरियो ।
मलेरियाविरुद्धको सङ्घर्ष अझै पनि जारी छ । अझै पनि प्रतिवर्ष अफ्रिकामा ५ लाखभन्दा बढी मानिस मलेरियाबाट मारिनु रिसउठ्दो कुरा छ ।
प्रोजेक्ट ५२३ पछि समाजवादी चीनमा महाकाय सार्वजनिक स्वास्थ्य आन्दोलन चलाइयो । घोँगी किराबाट लाग्ने शिस्टोसोमियासिस रोगविरुद्ध सङ्घर्ष सुरु भयो । स्वयम्सेवी स्वास्थ्यकर्मीहरू त्यो किरा नस्ट गर्न पानीमा पसे । यो सङ्घर्षबारे डा. जोसुआ हर्नले आफ्नो पुस्तक ‘सबै किटाणुबाट मुक्ति’ मा विस्तारपूर्वक लेखेका छन् ।
सन् १९५० को दशकमा चीनमा शिस्टोसोमियासिसको समस्या १ करोड १६ लाख भएकोमा सन् २०१७ मा घटेर जम्मा ३८ हजार भएको छ ।
यसलाई हामी कोभिड–१९ विरुद्ध ‘बिग फार्मा’ भनिने पुँजीवादी बहुराष्ट्रिय कम्पनीहरूले अफ्रिकामा बनाएको कीर्तिमानलाई दाँजौँ । सन् २०२१ को अन्त्यसम्ममा विश्वभरि ६ अर्ब ४० करोड खोप वितरण गरिएको थियो । तर, अफ्रिकालाई त्यसमध्ये २.५ प्रतिशत खोप मात्र पठाइएको थियो ।
सन् २००१ मा अमेरिकाको ‘अन्तर्राष्ट्रिय विकास एजेन्सी’ का प्रमुख एन्ड्रयू नाटसियोसले अफ्रिकामा एचआत्ी/एड्सको औषधि पठाउनु अर्थहीन भएको घोषणा गरे । उनले निश्चित समयान्तरमा औषधि सेवन गर्नुपर्ने हुन्छ तर अफ्रिकीहरूलाई ‘पश्चिमा समयबारे थाहा छैन’ भन्दै औषधि पठाउनु निरर्थक भएको बताए ।
यो वर्ष अमेरिकी साम्राज्यवादविरुद्ध भियतनामले विजय प्राप्त गरेको ५० औँ वर्ष पुग्यो । सन् १९७५ अप्रिल ३० को दिन एउटा भियतनामी ट्याङ्कले वालस्ट्रीट (अमेरिका) को पूर्व दूतावासको गेट भत्कायो । त्यसपछि त्यो सहरको नाम राखियो – हो चि–मिन्ह सहर । संसारभरिका गरिब र कामदार जनता खुसी भए ।
भियतनामलाई सघाउँदै अन्य समाजवादी मुलुकहरूले ऐक्यबद्धता व्यक्त गरे । तत्कालीन सोभियत सङ्घ, चीन, क्युवा र प्रजग कोरियाले सहयोगी हात अघि बढाए । मलेरियाको नयाँ औषधि पत्ता लगाएर तु युयू र उनका सहयोद्धा वैज्ञानिकहरूले पनि ऐक्यबद्धता जनाए ।
पेन्टागन (अमेरिका) ले लाखौँ भियतनामी, लाओ र कम्बोडियाली जनता मा¥यो । तैपनि, ऊ परास्त भयो । गाजामा अहिले जातिसंहार चलिरहेको छ । अन्ततः प्यालेस्टिनी जनताले अवश्य जित्नेछन् ।
(स्रोत : एमआर अनलाइन । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *