‘अमेरिकी प्रजातन्त्र’ पुस्तकबारे अध्ययन गोष्ठी
- भाद्र १०, २०८३
कैलाली, १० भदौ । नेपाल मजदुर किसान पार्टी कैलालीमा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले भदौ ५ गतेको भूकम्पले क्षति भएका जनतालाई राहत वितरण गर्ने कर्णप्रसाद ह्योजुलाई ढाल बनाई नेमकिपालाई पञ्चायती राज्यस्तरबाट समूल नष्ट पार्न रचिएको षड्यन्त्र भदौ ९ को विरोध तथा भत्र्सना गर्नुभयो ।
उहाँले नयाँ पुस्ता र समर्थकहरूलाई इतिहास बुझिराख्न र पत्रपत्रिकाका लेख अध्ययन गरी पार्टीबारे बुझ्न जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रमेशकुमार रावलले नेमकिपाले जनताको भलो हुने काम गरेको हुनाले पञ्चायती व्यवस्थालाई असह्य भएकोले नेमकिपालाई समूल नष्ट पार्ने उद्देश्यले राज्यस्तरबाट षड्यन्त्र रचिएको उल्लेख गर्नुभयो । उहाँले भक्तपुर काण्डको विरोध तथा भत्र्सना गर्दै कार्यकर्ताबिच छलफल तथा प्रशिक्षणको आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा आठौँ जिल्ला तयारी समितिका सचिव गगन थापामगरले नेमकिपालाई पञ्चायती राज्यस्तरबाट समूल नष्ट पार्न षड्यन्त्र गरेजस्तै अहिले पनि शासक दलहरूले जालमा फसाउन सक्छन् भन्नुभयो । उहाँले जनता सचेत, सजग र सङ्गठित भई अगाडि बढ्न आग्रह गर्नुभयो ।
नेक्रायुसङ्घ जिल्ला समितिका सचिव सीताराम पण्डितले ग्यासको अभाव, कालोबजारी तथा बढ्दो महँगी नियन्त्रण सम्बन्धमा कैलालीका प्रजिअमार्फत सरकारलाई ज्ञापनपत्र बुझाई जनताको दैनिक समस्यालाई समाधान गर्नुपर्ने प्रस्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति कैलालीका अध्यक्ष लक्ष्मी पुनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
Leave a Reply