आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, २१ वैशाख । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) का केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विद्याआर्जन ई.बो. स्कूलको निरीक्षण गर्नुभयो । इसानमा आबद्घ विद्यालयको अवस्था र पढाइको स्थिति बुझ्न तथा सङ्घमा आबद्घ विद्यालयमा पढ्ने विद्यार्थीहरूको शैक्षिक विकास एवं शिक्षाको मापदण्डअनुरुप बालबालिकाको विकास गर्न तथा सहयोग गर्ने उद्देश्यअनुरुप विद्यालयको निरीक्षण गरेको बताउँदै अध्यक्ष थापाले विद्यालयको शैक्षिक विकासमा गरेको भौतिक पूर्वाधार तयारी गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
अध्यक्ष थापाले विद्यालय प्रशासन, लेखाशाखा, पुस्तकालय, विज्ञान प्रयोगशाला, विद्यालय खाजाकक्ष, फूटबल खेलमैदान, हल, क्रिकेट मैदान, व्याडमिन्टन मैदान, बास्केटबल मैदान, कक्षा नर्सरी देखि कक्षा १० सम्मको निरीक्षण एवं विद्यार्थीहरूसँग पढाइको अवस्था र भाषासिकाइको तरिकाबारे बताउनुभयो । कक्षा निरीक्षणको क्रममा पुरस्कार वितरण गरी उहाँले विद्यार्थीहरूलाई हौस्याउनुभयो ।
अध्यक्ष प्रेमजन थापालाई प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले फूलको गुच्छा र प्रि–स्कूल इन्चार्ज मणिकला राईले कागजको फूल प्रदान गरी स्वागत गर्नुभएको थियो ।
Leave a Reply