‘धेरै ठुलो कुरा नगरेर सानो काम गरेर पनि जनताको सेवा गर्न सकिन्छ’
- असार ९, २०८३
भक्तपुर, २१ वैशाख । छालिङ सामुदायिक सिकाइ केन्द्र चानपा – ५ द्वारा शैक्षिक सत्र २०८१ सालमा एसईई दिएर बसेका विद्यार्थी भाइबहिनीहरूको लागि मार्गनिर्देशन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजूले मार्गनिर्देशन कार्यक्रमले विद्यार्थीहरूको विषय छनोटमा भइरहेको अन्योल हट्ने बताउँदै आफ्नो क्षमता, रुचि र आर्थिक अवस्थालाई ध्यान दिएर विषय (सङ्काय) छनोट गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले विद्यार्थीले हासिल गरेका शिक्षा देश र जनताको हितमा उपयोग गर्नुपर्ने आवश्यकताबारे पनि प्रकाश पार्नुभयो ।
छालिङ सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सानुमाया लागेजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ख्वप कलेजका शिक्षकहरू लक्ष्मीप्रसाद कर्मचार्यले विज्ञान सङ्कायमा, विष्णुप्रसाद किसीले व्यवस्थापन सङ्कायमा र राजेन्द्र श्रेष्ठले शिक्षाशास्त्र सङ्कायमा मार्गनिर्देशन दिनुभएको थियो ।
गणेश माविका प्रधानाध्यापक इन्द्रबहादुर फोजू र छालिङ सामुदायिक सिकाइ केन्द्रका सहजकर्ता जीना चाकतुले पनि बोल्नुभएको थियो ।
Leave a Reply