भर्खरै :

“क्रान्ति र निर्माणका जनता मालिक हुन्” – जुछेको समाजवाद जनतामा केन्द्रित समाजवाद

“क्रान्ति र निर्माणका जनता मालिक हुन्” – जुछेको समाजवाद जनतामा केन्द्रित समाजवाद

कोरियाली जनताका महान् नेता तथा विश्व कम्युनिस्ट आन्दोलनका एक शीर्षष्ठ नेता किम इल सङ प्रजग कोरियाको मात्र होइन विश्वका जनताको स्वाधीनता सङ्घर्षको प्रेरणाको एक स्रोत बनेको छ । उहाँ एक विचारक, सिद्धान्तकार, बहुआयामिक एवं बहुप्रतिभाशाली व्यक्तित्वका धनी हुनुहुन्थ्यो । आधुनिक कोरियाको जन्मदाताको रूपमा परिचित उहाँ कोरियाली जनताका पितातुल्य नेता हुनुहुन्थ्यो । उपनिवेशवादविरोधी विश्वव्यापी आन्दोलन तथा असंलग्न आन्दोलनलाई अघि बढाउने उहाँ मानवकेन्द्रित या आम जनताकेन्द्रित जुछे विचारधाराका प्रवर्तक हुनुहुन्थ्यो । विश्वमा समाजवाद र साम्राज्यवादको बिचमा तीव्र मुठभेड र द्वन्द्व चलिरहेको स्थितिमा स्वाधीनता र समाजवादी लक्ष्य प्राप्तिको निम्ति सङ्घर्ष गर्ने एक निडर र स्वाभिमानी नेता हुनुहुन्थ्यो । उहाँले नै जुछे विचारधारा प्रतिपादन गर्नुभएको थियो । यो जुछे विचारधारा आम स्वाधीनताप्रेमी जनताको क्रान्तिकारी सङ्घर्षमा एउटा सही पथप्रदर्शक बनेको छ । जुछे विचारधारा प्रतिपादन गरेर उहाँ एक कुशल दार्शनिक र पथप्रदर्शकको रूपमा चिनिनुभयो । महान् नेता किम इल सङले राष्ट्रिय मुक्ति, वर्गीय मुक्ति र विश्व सर्वहारा आन्दोलनको विजयको लागि आफ्नो जीवन अर्पण गर्नुभएको थियो । यही कारण विश्वका स्वाधीनताप्रेमी जनताको हृदयमा उहाँ सदा सर्वदा बाँचिरहनुभएको छ ।
सन् १९९२ मा जन्मेका किम इल सङले जापानी सैन्यवादी औपनिवेशिक शासनबाट मुक्त गर्न र कोरियालाई स्वतन्त्र बनाउन जुछे विचारधारा प्रतिपादन गर्नुभएको थियो । किम इल सङको बुद्धिमत्ता र कुशल नेतृत्वबाटै कोरिया मुक्त भएको हो र कोरियाली जनता स्वतन्त्र भएका हुन् । कोरिया मुक्तिको निम्ति जुछे विचारधारा एक विचारधारात्मक सैद्धान्तिक हतियार बन्यो । जुछे विचार एक विचारधारात्मक सैद्धान्तिक हतियार बन्यो । जुछे विचार धाराकै कारण सन् १९४५मा कोरिया स्वतन्त्र भयो । महान् नेता किम इल सङ जुछे विचारधाराको जन्मदाता बन्नुभयो र आधुनिक कोरियाका महान् निर्माता बन्न सफल हुनुभयो । उहाँ भन्नुहुन्थ्यो, “कोरियाली जनता नै कोरियाको भाग्यको निर्माता हो, मालिक हो । जनता नै सङ्घर्षको निर्माण कार्यको निर्णायक शक्ति हो ।” यस अर्थमा जुछे विचारधारा पार्टीको निर्माणको विचारधारात्मक र सैद्धान्तिक आधार हो, क्रान्ति तथा निर्माणको एक पथप्रदर्शक हो । जुछे विचारधाराले जनताको स्वाधीनताको इच्छा र युगको आवश्यकतालाई प्रतिबिम्बित गरेको छ । आम जनता नै क्रान्ति र निर्माणका मालिक हुन्; क्रान्ति तथा निर्माणलाई अगाडि बढाउने शक्ति पनि आम जनतामै हुन्छ । जनतामा जुछे विचारधाराबारे कौतूहल र जिज्ञासा हुनु स्वाभाविक हो । माक्र्सवाद लेनिनवाद र माओ विचारधारा विश्वव्यापी बनिरहेको सन्दर्भमा अर्को विचारधारा जुछे आएपछि जिज्ञासा हुनु अस्वाभाविक होइन ।
कुनै पनि देशमा आफ्नो देशको परिस्थितिअनुसार विचारधारा प्रतिपादन हुनसक्छ । त्यसमध्ये प्रजग कोरियाको जुछे विचारधारा पनि हो । माक्र्सवादी लेनिनवादी दृष्टिकोणभित्र रहेरै यो विचारधारा प्रतिपादन भएको हो । जसरी चीनमा माओ विचारधारा प्रतिपादन भएको थियो ।
‘जु’ भनेको मालिक हो भने ‘छे’ भनेको शरीर हो । कोरियाली भाषामा जुछेको अर्थ ‘मालिक शरीर’ हो । अर्थात् आफ्नो शरीरको मालिक आफै हुन्छ । यस अर्थमा भाग्य निर्माण गर्ने शक्ति मानिस आफै हो; क्रान्ति र निर्माणका मालिक जनता हुन् । क्रान्ति निर्माण गर्ने शक्ति पनि जनता नै हुन् । जुछे विचारधाराभित्र सार्वभौमिकताको भावना, राजनीतिमा स्वाधीनता, अर्थतन्त्रमा आत्मनिर्भरता र राष्ट्रिय सुरक्षा या आत्म सुरक्षाजस्ता संवेदनशील विषय परेका छन् । त्यस्तै किम इल सङले विचारधारात्मक क्रान्ति, प्राविधिक क्रान्ति र सांस्कृतिक क्रान्तिमा जोड दिनुभयो । किम इल सङको भनाइअनुसार जुछे विचारधारा भनेको क्रान्तिकारी उद्देश्य पूरा गर्नको निम्ति पार्टी र जनताले गरिरहने प्रयत्नमा प्राण दिने तत्व हो । स्वाधीनता तथा अन्याय अत्याचारविरुद्ध सङ्घर्षरत जनताको लागि जुछे विचारधारा एक सशक्त हतियार बन्यो; विचारधारात्मक हतियार बन्यो ।
सन् १९३० मा महान् नेता किम इल सङले कोरियाली क्रान्तिको जुछे प्रेरित नीति अगाडि सार्नुभएको थियो । नयाँ पुस्ताका तरुण कम्युनिस्टहरू समावेश गरी जुछे विचारधाराद्वारा निर्देशित उक्त पार्टी सङ्गठन नै उत्कृष्ट रह्यो । यसअघि उहाँले सन् १९२० मा ‘साम्राज्यवाद मुर्दावाद सङ्घ’ खोल्नुभयो । नयाँ युगको परिस्थितिअनुरूप प्रजग कोरियामा कम्युनिस्ट पार्टीलाई विस्तार र विकास गर्न अपरिहार्य थियो । प्रजग कोरियाको निम्ति पितृभूमि मुक्ति युद्ध कठोर अग्नि परीक्षा थियो । पुँजीवादी तथा साम्राज्यवादी शक्तिहरू रहेसम्म कुनै न कुनै देशमा आक्रमण गर्ने, हस्तक्षेप गर्ने सेना र हतियार सहयोग गरेर दुई देशमाझ झगडा गराउने खतरा रहिरहन्छन् । यस्तो खतरा समाजवाद स्थापना भएपछि पनि रहिरहन्छ भन्नेतर्फ संसारका जनता र सरकार सचेत हुनुपर्छ ।
प्रजग कोरियाका प्रिय नेता किम जङ इलले ‘क्रान्ति तथा निर्माणको जुछे चरित्र र राष्ट्रिय चरित्र जोगाइराख्ने’ , ‘कोरियाली मजदुर पार्टी साम्राज्यवाद मुर्दावाद सङ्घको उत्कृष्ट परम्परा अँगालेको जुछे शैलीको क्रान्तिकारी पार्टी र जुछेको क्रान्तिकारी परम्परालाई एकपछि अर्को पुस्तामा विकसित पार्दै लगौँ’ विषयक कृति रच्नुभएको थियो । विश्वमा समाजवाद र साम्यवादबिच तीव्र मुठभेड र द्वन्द्व चलिरहेको परिस्थितिमा स्वाधीनताको लक्ष्य र समाजवादको लक्ष्य प्राप्त गर्न क्रान्ति र निर्माणमा जुछे चरित्र र राष्ट्रिय चरित्र जोगाउने सन्दर्भमा सो पुस्तक तयार गरिएको हो । जुछे चरित्र र राष्ट्रिय चरित्र क्रान्ति र निर्माणको निम्ति सफलताको साँचो साबित भएको छ । जुछे चरित्र कायम राख्नुको अर्थ जनताले आफ्नो भाग्यको मालिक आफू नै बनेर मुलुक र राष्ट्रको भाग्य निर्माण गर्ने भन्ने हो । हुन पनि मजदुरवर्गीय आन्दोलन र समाजवादी आन्दोलनले नै पुँजीवादी व्यवस्थालाई परास्त गर्नसक्छ । देशको विकासमा पुँजीवादभन्दा समाजवाद कमसल छ भन्नु सूर्यलाई हत्केलाले छेक्ने प्रयास गर्नुजस्तै हुनेछ ।
प्रतिक्रियावादी, शोषक, सामन्तहरूले पैसा कमाउनको लागि आफ्नो मुलुक र राष्ट्रिय हितलाई छायामा पार्छन्; समाजवादी व्यवस्थाबारे भ्रम छर्ने, आन्तरिक द्वन्द्व बढाएर कमजोर बनाउने काम गर्छन् । साम्राज्यवादी शक्तिले उत्तर कोरिया र दक्षिण कोरिया विभाजन गरेकै हो । उत्तर र दक्षिण कोरियालाई एक गर्ने महान् नेता किम इल सङको प्रयासमा साम्राज्यवादी अमेरिकाले नै बाधा पु¥यायो । महान् नेता सङले उत्तर र दक्षिण कोरिया एक बनाउने सन्दर्भमा मात्र होइन स्वाधीनता र समाजवादको निम्ति अथक प्रयास गरे । जुछेको समाजवाद जनतामा केन्द्रित समाजवाद हो । यो समाजवाद स्वाधीनता र आत्मनिर्भर प्रतिरक्षाको समाजवाद हो । क्रान्ति र निर्माणमा नेतृत्व गर्ने पार्टीले मुलुक र राष्ट्रलाई महत्व दिएर काम गरेको हुन्छ । समाजवादको पक्षमा लागेको दल र दलका नेताहरू साम्राज्यवाद, सामन्तवाद, विस्तारवाद र पुँजीवादको विरोध गर्न डराउँदैनन् । आक्रमण र लुट साम्राज्यवादको चरित्र हो । साम्राज्यवाद इतिहासको कसिङ्गरको फोहर हो, त्यसलाई फाल्नैपर्छ । दक्षिण कोरियाली जनताले पनि उत्तर कोरियाली जनताले झैँ साम्राज्यवादीहरूले थापेको प्रभुत्व, दासको पासोलाई काटेर फाल्नुपर्छ; फाल्न त्यहाँका शासक र जनता अघि सर्नुपर्छ । प्रजग कोरियाले देशमा क्रान्तिकारी चरित्र र भावना बस्ती बस्तीसम्म पु¥याउने काम ग¥यो । जापानविरोधी सङ्घर्षको समयमा नेता सङले जनताको आकाङ्क्षालाई साकार पार्न नै जुछे विचारधारा सिर्जना गर्नुभएको हो । यसकारण, प्रजग कोरियामा जुछे विचारधारालाई दृढता साथ पालना गर्नुपर्छ भनिएको हो । किनकि जुछे विचारधारा प्रजग कोरियाको क्रान्तिको निर्देशक विचार हो ।
प्रजग कोरियाले देशका श्रमिक जनतालाई साम्राज्यवादविरोधी भावना दियो; साम्राज्यवादी, प्रतिक्रियावादी र पुँजीवादीहरूले फैलाएको भ्रमबारे चिरफार गर्ने काम ग¥यो । यही कारण प्रजग कोरियाली सरकार, पार्टी, जनता, सेनामा क्रान्तिकारी भावना छ; क्रान्तिकारी विचारबाट प्रेरित छ र सबै एक भएर साम्राज्यवादविरोधी शक्तिसँग एक भएर लड्दै छ । प्रजग कोरियाले आफ्नो सुरक्षाको निम्ति गरेको यो तयारीको विश्वले प्रशंसा गरेको छ । यो समाजवादी देश प्रजग कोरियाको सफलताको सङ्केत पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *