भर्खरै :

म्याग्दे गाउँपालिकामा कार्यकर्ता भेला

म्याग्दे गाउँपालिकामा कार्यकर्ता भेला

तनहुँ, २७ वैशाख । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका वडा नं. ७ समीधारामा भएको स्थानीयको भेलामा नेपाल मजदुर किसान पार्टीको गन्तव्यबारे शनिबार छलफल भयो ।
भेलामा नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले कामदारवर्गको नेतृत्वमा जनताको प्रजातन्त्र स्थापना गरी समाजवाद हुँदै साम्यवादसम्म पुग्ने नेपाल मजदुर किसान पार्टीको लक्ष्य रहेको बताउनुभयो ।
उहाँले शासक दलका नेताहरूले नेपाली युवालाई विदेश पठाएर नेपाली भूमि बाँझो राखेको कारण कृषि उत्पादनमा नेपाल परनिर्भर बन्दै गएको स्पष्ट पार्नुभयो ।
धनीका छोराछोरी महँगा स्कूलमा पढेर विभिन्न अवसर प्राप्त गर्ने गरिबका छोराछोरी पढ्न नपाएर अवसरबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न राज्यले शैक्षिक क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएर सबैलाई एकै किसिमको शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउँदै विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन नेपाल मजदुर किसान पार्टी सङ्घर्षरत रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका शिवजी त्वानाबासुले भक्तपुर नगरपालिकाले ख्वप कलेजहरू स्थापना गरी ७७ जिल्लाकै विद्यार्थीलाई सस्तोमा गुणस्तरीय शिक्षा दिइरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *