ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
आज बुद्ध जन्मेको शुभ दिन !
सिद्धार्थले बुद्धत्व प्राप्त गरेको दिन
तथागतको महापरिनिर्वाण भएको दिन
आजको यो महान् दिन बुद्ध जयन्ती ।
भनिन्छ, आकाशबाट फूल बर्सेको दिन
तर आज जहाँतहीँ आँधीबेरी आइरहेछ
चारैतिर अराजकता, अशान्त छ
नैतिक आचरणको पतन भइरहेछ ।
प्रत्येक बुद्ध जयन्तीमा उपासकहरू
सम्यकको अगाडि
शान्तिको कामना लिएर
बोधिसत्वलाई दुःखबाट मुक्त हुन पुकार गर्छन् ।
बुद्धको नाममा छाता ओढेर
आफ्नो मात्र स्वार्थ पूरा गर्ने भक्षकहरूले
बुद्ध जयन्तीलाई देखावटी प्रदर्शन गरेर
अभिमानी, अधर्मीहरूले यो शान्ति भूमिमा अशान्त पारे ।
आज हामीले गौतम बुद्धको महान् सन्देश
“अन्यायी त्यो हो जसले अन्याय सहन्छ”
यो लाखौँ लाख पीडित मानवको भलाइ हुने उपदेश पालन गरी
हामी सबै शान्ति, सदाचार, संयमित बनेर अघि बढौँ
यही नै आजको बुद्ध जयन्तीको सन्देश !
Leave a Reply