हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, २८ वैशाख । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. भक्तपुरको अन्तर लगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि.को प्राविधिक सहयोगमा दुई दिवसीय रणनीति योजना निर्माण तालिम वैशाख २७ गते सम्पन्न भयो ।
सङ्घका उपाध्यक्ष हरिकृष्ण बल्लले हाल परिवर्तित ऐन, निर्देशन तथा मापदण्डलाई ध्यानमा राखी रणनीति योजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थाले महत्वकाङ्क्षी योजना र अरुको नक्कल तथा प्रतिस्पर्धाले समस्या ल्याउने हुँदा संस्थाको वस्तुस्थितिलाई बुझेरमात्र रणनीति योजना तय गर्नुपर्ने उहाँको भनाइ थियो ।
सङ्घका कोषाध्यक्ष एवं अन्तरलगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छाभक्त घजुले संस्थाले तय गर्ने रणनीति योजनाको सफलता नै संस्था सफलताको आधार भएको बताउनुभयो ।
उहाँले रणनीतिक योजनाको त्रैमासिक समीक्षा गर्दै समय परिस्थितिअनुसार योजनाहरू अद्यावधि गर्दै लानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सङ्घका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले बजारमा लगानीको वातावरणा नभएकोले समुदायमा आधारित सहकारी संस्थाहरूमा तरलता वृद्धिले अधिक तरलतामा संस्था सञ्चालन भइरहेको बताउनुभयो । उहाँले लगानी गरेका सावाँ तथा ब्याज असुलीमा सकस भई भाखा नाघेको ऋण बढ्दै गइरहेको बताउनुभयो । संस्थाले रणनीति योजना निर्माण गर्दा आर्थिक पक्षलाई मात्र ध्यान नदिई गुणस्तरीय सदस्यता, सेवा र सुशासनका पक्षमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
उपसमितिका सदस्य राजकुमार लघुले तालिममा सहभागीहरूलाई धन्यवाद दिँदै तालिमबाट सिकेका कुराहरू संस्थामा लागु गर्नुपर्ने विचार राख्नुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि.का लेखा अधिकृत सरोज गणेशले तालिममा सहजीकरण गर्नुभएको थियो ।
तालिम समापन कार्यक्रमको उपादेयताबारे सङ्घका अन्तरलगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिका सदस्य राजाराम गोसाईले बताउनुभएको थियो ।
Leave a Reply