भर्खरै :

पूर्ववडाध्यक्ष थुसालाई पत्नी शोक

पूर्ववडाध्यक्ष थुसालाई पत्नी शोक

भक्तपुर, ३१ वैशाख । भक्तपुर नगरपालिका वडा नं. ५ (हाल ६) का पूर्ववडाध्यक्ष कृष्णराम थुसाकी पत्नी केसरी थुसाको बुधबार बिहान १०ः१७ बजे निधन भएको छ । मृतक केसरीको वैशाख १४ गते धुलिखेल अस्पतालमा पत्थर भएको पित्त थैली निकालिएको थियो । वैशाख १६ गतेदेखि ३१ गतेसम्म उहाँको कहिले आईसीयू र कहिले भेन्टिलेटरमा राखी उपचार हुँदै आएको थियो । उपचारकै क्रममा उहाँलाई रगतमा युरियाको सङ्क्रमण भएको थियो । यसअघि उहाँको पित्तथैली निकाल्न वैशाख १३ गते भर्ना गरिएको थियो ।
मृतक थुसालाई कान्छा छोरा प्रदीप थुसाले दागबत्ती राख्नुभएको थियो । उहाँका जेठा छोरा प्रकाश थुसा हुनुहुन्छ । उहाँका पाँच छोरी हुनुहुन्छ । उहाँका पिता पूर्णकुमार दुवाल र माता मोहनमाया दुवाल हुनुहुन्छ । उहाँको जन्म २०१२ जेठ १५ गते भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *