भर्खरै :

बजार अनुगमनमा नक्कली भ्याट बिल

बजार अनुगमनमा नक्कली भ्याट बिल

भक्तपुर, ३१ वैशाख । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलविनायकदेखि मूलढोकासम्म रहेको खाद्य पसल बुधबार अनुगमन गरियो । अनुगमनमा भ्याट बिल र खरिद बिक्री खाता पसलमा नभएको नक्कली भ्याट बिल प्रयोग भएको बताइयो ।
अनुगमनमा माखा किराना स्टोरमा पूर्ण ट्रेड इन्टरप्राइजेज नगरपालिकामा दर्ताबिना सञ्चालन गरेकोले दर्ता गरी सञ्चालन गर्न, नक्कली भ्याट बिल प्रयोग नगर्न र म्याद नाघेका सामानहरू नष्ट गरिएको छ । तीन दिनभित्र कागजातसहित नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको छ ।
ओमज्योति किराना पसलमा के.एम.स्टोर, जे एन्ड जे स्टोर नगरपालिकामा दर्ताबिना सञ्चालन गरेकोले नगरपालिकामा दर्ता गरी सञ्चालन गर्न, म्याद नाघेका सामानहरू नष्ट गरी तीन दिनभित्र कागजातसहित नगरपालिकामा उपस्थित हुन निर्देशन दिइयो ।
एस.वी.एस. किराना पसलमा प्यान बिल गत वर्षको प्रयोग गरेको, म्याद नाघेका सामानहरू नष्ट गरी तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइयो ।
वेस्ट भेराइटीमा प्याकेजिङ सामान खाद्य अनुज्ञापत्र लिई लेबल राखी मात्र बिक्री वितरण गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दिइयो भने एच. के. खाद्य स्टोरमा मुल्यसूची राख्न र बढी मूल्य नलिन आग्रह गरियो । भक्तपुर लात् बेकरीमा तीन दिनभित्र नवीकरण गर्न र प्याकेजिङ मःमःलगायत सामानहरूमा लेबल नभएकोले र बिक्री वितरण नगर्न निर्देशन दिइएको थियो ।
अनुगमन समितिका सदस्यहरू कार्यपालिका सदस्य श्यामकृष्ण खत्री, रीता फसिकव, भनपा श्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेवी व्याञ्जु, जिल्ला प्रशासन कार्यालयका यादवप्रसाद मिश्र, भक्तपुर राजस्व कार्यालयका देवानन्द तिमिल्सिना, उद्योग तथा वाणिज्य कार्यालयका लक्ष्मीप्रसाद कासुला, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापालगायतका प्रतिनिधिहरू सहभागी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *