भर्खरै :

सुडालमा माक्र्स दिवस मनाइयो

सुडालमा माक्र्स दिवस मनाइयो

भक्तपुर, ३० वैशाख । नेपाल मजदुर किसान पार्टी, चानपा –८ सुडालद्वारा विश्व सर्वहारावर्गका महान् गुरु माक्र्सको २०७ औँ जन्म दिवस मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोँजूले नेमकिपा जनतालाई राजनीतिक, सैद्धान्तिक, वैचारिक र व्यवहारिकरूपमा सचेत र सङ्गठित बनाउने कार्यमा लागिरहेको बताउनुभयो । हरेक कार्यकर्ताले विश्वको इतिहास, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र र दर्शनशास्त्रलगायतका पार्टी प्रकाशनहरू अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले समाजवादी व्यवस्थाको लागि समाजवादी गणतन्त्र प्रचार अभियानमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले चाँगुनारायण नगरपालिकाको पक्षपात, बेथिति र विसङ्गतिबारे प्रकाश पार्दै नगरपालिकाले नगरवासीहरूको हितमा खास कार्यक्रम ल्याउन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।
नेमकिपा, चानपा–८ सुडालका अध्यक्ष केशवप्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गणेशराम सुवाल र दिलबहादुर रायले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *