भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
भक्तपुर, १६ फागुन । भक्तपुर नगरपालिकाले बुधबार चिनियाँ कम्युनिष्ट पार्टी डाली प्रिफेक्चर समितिका सचिव छेन चियनको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डललाई नगरपालिका भवनमा स्वागत ग¥यो । भक्तपुर, १६ फागुन । भक्तपुर नगरपालिकाले बुधबार चिनियाँ कम्युनिष्ट पार्टी डाली प्रिफेक्चर समितिका सचिव छेन चियनको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डललाई नगरपालिका भवनमा स्वागत ग¥यो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर ऐतिहासिक, सांस्कृतिक एवं प्राचीन सहर भएको उल्लेख गर्दै प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । नेपाल र चीनबीच इतिहासदेखि नै भाइचारा सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले हाल भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकहरूमध्ये ३० प्रतिशत चिनियाँ रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले २०७२ सालको विनासकारी भूकम्पको कारण नगरका १३४ वटा सम्पदाहरूमा क्षति पुगेको चर्चा गर्दै नगरपालिकाले सम्पदा संरक्षण र पुनः निर्माणमा विशेष जोड दिएको जानकारी गराउनुभयो ।
चीनको शान्नान सहर र भक्तपुर नगरपालिकाबीच आपसी समानताको आधारमा सांस्कृतिक, आर्थिक, पर्यटन, सहरी विकासलगायतका विषयमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने उद्देश्यले भगिनी सम्झौता भएको उल्लेख गर्दै प्रमुख प्रजापतिले डाली क्षेत्र र भक्तपुरबीच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा आफू सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख छेन चियनले नेपाल र चीनबीचको सम्बन्धमा भक्तपुर आपसी मित्रताको प्रतीक भएको चर्चा गर्दै भक्तपुरजस्तै डाली पनि प्राचीन र ऐतिहासिक सम्पदाले भरिएको मनोरम क्षेत्र भएको जानकारी दिनुभयो ।
डालीमा रहेका विश्वविद्यालयहरूमा पाँच सयभन्दा बढी नेपाली विद्यार्थीहरूले चिकित्सा शास्त्र तथा प्राविधिक विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेको उल्लेख गर्दै दुई सहरबीच शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ राष्ट्रिय स्तरका सम्पदा संरक्षणमा डाली क्षेत्र युनान प्रान्तकै सबैभन्दा उत्कृष्ट रहेको चर्चा गर्दै उहाँले त्यस क्षेत्रमा राष्ट्रिय स्तरका शत प्रतिशत, प्रान्तीय स्तरका ८० प्रतिशत र क्षेत्रीय स्तरका ५० प्रतिशत सम्पदाहरूको संरक्षण कार्य सम्पन्न भइसकेको अवगत गराउनुभयो । प्रमुख चियनले प्राकृतिक स्रोत, हावापानी, ऐतिहासिक सम्पदा, पर्यटन आदिमा भक्तपुर र डालीबीच समानता रहेको उल्लेख गर्दै दुई सहरबीचको सहकार्यले दुवै देशका जनतामा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
Leave a Reply