विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
भक्तपुर, १६ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले साताव्यापी अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।
कार्यक्रममा सांसद प्रेम सुवालले साहित्यले देशको आमूल परिवर्तन गरी आदर्श समाज निर्माण गर्न सहयोग गर्ने बताउनुभयो ।
उहाँले खेलकुद मित्रता, अनुशासन, स्वास्थ्य र सार्वभौमिकता रक्षाको लागि हुनुपर्नेमा जोड दिनुभयो ।
सचिव सुवालले भन्नुभयो, ‘स्ववियुको नारामा सार्वभौमिकता र भूअखण्डताको लागि प्रतिबद्ध भएको उल्लेख भएको प्रशंसनीय छ ।’
विसं २०३२ सालको नापीमा नेपालीले पुर्जा पाएको पर्साको छपकैयाको ५० विघा नेपाली भूमि भारतले अतिक्रमण गरेकोलाई सिंहदरवारले समर्थन गरेको नेपालको सार्वभौमिकतामा भारतीय हस्तक्षेपलाई स्वीकार गरेको उल्लेख गर्दै उहाँले मेची नदीको गिटी–बालुवा भारतले उठाउँदै बङ्गलादेशसम्म बेचेकोबारे पनि नेपाल सरकार मौन भएको धारणा राख्नुभयो । ‘यस्तो देशविरोधी कार्यको सचेत विद्यार्थीले विरोध गर्नैपर्छ’, उहाँले भन्नुभयो ।
सचिव सुवालको भनाइ थियो, ‘७० लाख नेपाली युवाहरू वैदेशिक रोजगारीको नाममा बेचिनु परेको, आयातको दस खण्डको एक खण्ड निर्यात भएको, राजश्व आम्दानीबाट कर्मचारी प्रशासनलाई नपुग्ने स्थितिले सरकारका प्रधानमन्त्रीहरू नालायक पुष्टि हुन्छ ।’ उहाँले नेमकिपा पूँजीवादी सरकारको भागवण्डा र राजनीतिक नियुक्ति भागवण्डामा नलाग्ने भन्दै प्रखर प्रतिपक्षमा बसेर पूँजीवादी सरकारलाई उदाङ्ग्याउने कामलाई पार्टीले अगाडि बढाउने उल्लेख गर्नुुभयो ।
स्ववियुका सभापति दिनेश खड्कीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिका अध्यक्ष दुर्लभ थापा, भक्तपुर क्याम्पसका प्रमुख कृष्णप्रसाद पोखरेल, नेपाल प्राध्यापक सङ्घ भक्तपुर क्याम्पसका एकाइ अध्यक्ष शेरसिंह रैखोलालगायतले बोल्नुभएको थियो ।
स्ववियुले फागुन ९ गतेदेखि १५ गतेसम्म साहित्यिक तथा खेलकुद कार्यक्रमको आयोजना गरेको हो । साहित्यिक गतिविधिमा साहित्य गोष्ठी, वादविवाद, वक्तृत्व कला, निबन्ध लेखन प्रतियोगिता र हाजिरीजवाफ प्रतियोगिता गरिएको हो । त्यस्तै फूटबल, भलिबल, व्याडमिन्टन, बास्केटबल, दौड प्रतियोगिता सम्पन्न गरिएको आयोजकले बताएको छ ।
Leave a Reply