अथातो घुमक्कड–जिज्ञासा घुमक्कडी : मानव सभ्यताको अदृश्य मेरुदण्ड
- बैशाख ३, २०८३
विश्वको नेतृत्व अर्थतन्त्रले गर्छ । विश्वमा जुन देशको अर्थतन्त्र बलियो हुन्छ त्यस देशले विश्वलाई नेतृत्व गरिरहेको हुन्छ । हिजो संरा अमेरिका संसारको सम्पत्ति लुटेर अर्थतन्त्र बलियो भयो । उसले विश्वमा एकछत्र साम्राज्य फैलाइरहेको थियो । त्यो आज पनि छ । त्यसको विरुद्धमा चीन विश्वको नेतृत्व गरेर अगाडि बढ्दै छ । सञ्चारमाध्यममा अबको २०/२५ वर्षपछि आर्थिक विकासमा, आर्थिक वृद्धिदरमा संरा अमेरिकालाई उछिनेर चीन अग्रस्थानमा पुग्ने प्रक्षेपण गरिएको पाइन्छ । यदि त्यस समयभित्र एसियामा कुनै लडाइँ, उपद्रव र प्राकृतिक विपत्ति आइनलागेमा आर्थिक विकासमा विश्वमा चीन पहिलो र भारत तेस्रो स्थानमा पुग्नेछ । एसियाकै जापान, इन्डोनेसिया, कोरिया, मलेसिया, सिँगापुर, भियतनाम, इरान, इराक, साउदी अरब, सयुक्त अरब इमिरेटस, कतार आदि देशहरू पश्चिमी देशहरूलाई उछिनेर आर्थिक विकासमा अगाडि बढ्नेछन् । त्यसबेला विश्वको अर्थतन्त्रको केन्द्र एसिया हुने अनुमान गरिएको छ ।
संसारमा एकछत्र हैकम चलाउँदै आएको अमेरिकी साम्राज्यवादलाई यसले टाउको दुखाउँदै आएको छ । कतिपय क्षेत्रमा अहिले चीनले अमेरिकालाई पछाडि धकेलिसकेको छ । त्यसैको परिणाम आज ट्रम्प मानसिक सन्तुलन गुमाएको मान्छेजस्तो जथाभावी बोल्दै हिँडेका छन् । किनकि उनले आफूले अमेरिकी राष्ट्रपति पदको कार्यभार सम्होलेको सय दिनको कार्यकालमा डेनमार्कको संसारको सबभन्दा ठुलो टापु ग्रिनलैन्ड कब्जा गर्ने, कहिले पानामाको विश्वकै महत्वपूर्ण पनामा नहर नियन्त्रणमा लिने र कहिले उत्तरी छिमेकी देश क्यानाडालाई अमेरिकामा गाभ्ने वा ५१ औँ प्रान्त बनाउने धम्की दिँदै आएका छन् । विश्वका उसका सहयोगी कठपुतली देश वा शासकहरूलाई गुण्डाको नाइकेले बोलेजस्तो उठ भने उठ्ने बस भने बस्ने खालको धम्की दिँदै आएको सबैले सञ्चारमाध्यममा हेरेकै हुन् । आधुनिक अमेरिकी इतिहासमा उनले जस्तो कुनै पनि अमेरिकी राष्ट्रपतिले प्रभुत्व जमाउन, यस्तो अकूटनीतिक भाषा, व्यवहार र रणनीति प्रयोग गरेका छैनन् । तर, क्यानाडालाई अमेरिकामा गाभ्ने धम्कीलाई भने हालै, सङ्घीय निर्वाचनबाट राष्ट्रपति पदमा जितेको क्यानिडियन लिवरल पार्टीको नेता मार्क कार्नीले भने अमेरिकासामु कहिल्यै नझुक्ने भनेर ट्रम्पलाई आँैलो तेस्र्याएका छन् ।
अमेरिकी साम्राज्यवादले विश्वमा आफ्नो साम्राज्यवादी सोच, विचार, अहङ्कार, हैकम, धम्की लाड्दै आएको छ । यसबाट सातै महादेशका देश र जनता पीडित छन् । चीनलगायतका आर्थिक विकासमा उदयीमान देशलाई रोक्न एसियाली देशहरूलाई एक आपसमा अक्साउँदै, भिडाउँदै आएका छन् । अनेक लोभ र सहयोगको बहानामा आन्तरिक मामलामा हस्तक्षेप गर्ने, आपसमा लडाउने, भिडाएर आफ्नो स्वार्थ पूर्ति गर्दै आएको नौलो भएन । यसमा एसियाली देशहरू सचेत हुनु आवश्यक छ ।
चीन सबै क्षेत्रमा उछिनेर अगाडि बढेको साम्राज्यवादका नाइके संरा अमेरिकालाई मन पर्ने कुरै भएन । विनविनको सिद्धान्तअनुसार चीन विश्वसँग शान्ति र विकासमा साझेदारी गर्दै न्यानो र कसिलो सम्बन्ध बढाइरहेका छन् । उसले बीआरआई, बिक्स, सोधाइ कोपरेसन, बुआओ सम्मेलन आदिमार्फत विश्वसँग न्यानो हात बढाइरहेको छ । जसले अमेरिकालाई बेचैन बनाएको छ । चीनले संसारमा हतियार बेची हिँडेको छैन । अनि विभिन्न बहानामा अरु देशको आन्तरिक मामलामा नाङ्गो हस्तक्षेप गरेको छैन । कुनै पनि देशको समस्या र परिवर्तन त्यस देशको आन्तरिक मामिला हो । त्यो निर्णय गर्ने मालिक भनेको त्यस देशका जनता हुन् भनेर चीनले भन्दै आएको छ ।
संयुक्त राज्य अमेरिकालाई अर्को बढी टाउको दुखाइ भनेको केही वर्षअगाडि पैसा र हातहतियार सहयोग दिएर तेल लगायतका प्राकृतिक स्रोत लुट्न एक आपसमा भिडाइरहेका साउदी अरब इरान, कतार, संयुक्त अरब इमिरेट, इराकजस्ता खाडी देशलाई हात मिलाउन चीन सफल भयो । त्यसैले चीनलाई सोभियत सङ्घलाई जस्तो पछार्न सन् १९९० मा थियनमेन स्क्वायरमा उचालेर उपद्रव मच्चाइएको थियो । चीनले त्यसलाई बेलैमा नियन्त्रण ग¥यो । त्यस्ता कसैको उक्साहटमा हुनसक्ने सम्भावित घटना, उपद्रव, आक्रमणप्रति चीन सदैव संवेदनशील र सचेत छ । त्यस्तै चीनलाई अप्ठेरामा पार्न† पछार्न कहिले जापान, कोरियालाई, कहिले ताइवान, कहिले भियतनाम र कहिले भारत, फिलिपिन्सलाई अमेरिकाले उचाल्दै आएको छ । उसले विगतमा चीन, जापान, कोरिया, इन्डोसिया, भियतनाम, कम्बोडिया, लाओस लगायतका एसियाली देशहरूमा बम हानेर, आक्रमण, हस्तक्षेप, उपद्रव मच्चाएर लाखौँ, करोडौँ एसियाली जनताको हत्या गरिसकेका छन् । आफूले भनेजस्तो नबस्ने, धम्की, हस्तक्षेप नस्वीकार्ने, आदेश पालन नगर्ने देशभक्त नेता र सरकारलाई उसले अपदस्त र हत्या गर्दै आएको छ । सद्दाम हुसेन, कर्णेल गद्दाफी लगायतका देशभक्त नेताहरूको हत्या र अपदस्त गरेर कठपुतली सरकार बनाएको सशक्त विरोध गरिएको थियो । तर, उसका कठपुतली शासक दलहरूले सित्तैमा दिएको हवाला दिएर अमेरिकाको हाल र पछि बन्ने कानुनलाई पनि पालन गर्नुपर्ने देशघाती सम्झौता गरेका थिए ।
आज रुसको प्रभावमा भएको भनिएको भारतलाई विभिन्न लोभ र आस देखाएर अमेरिकाले आफूतिर आकर्षित गरिरहेको देखिन्छ । भारत अमेरिकाजस्तो आर्थिक, सामरिक र वैज्ञानिक रूपले अगाडि बढिरहेको देश हो । एसियामा, विश्वमा सुपर पावर बन्न चीन बाधक छ भनी अमेरिकाले उक्साइरहेको समाचार सञ्चारमाध्यममा आइरहेको छ । त्यो बाधा पन्छाउन भारतको सहयोग अमेरिकलाई खाँचो छ । यसैको परिणाम भारतलाई क्वाड, फात् आइजजस्ता सैनिक गठबन्धनमा समाहित भएका छन् । हाल भारतको विसाखटनमा अमेरिकी जलसेनाको क्याम्प छ । भारतीय सेनासँग बेला बेलामा संयुक्त सैनिक अभ्यास गरेको समाचार आएको थियो । भारतको पहलगाममा गत अप्रिल २२ मा भएको भनिएको आतङ्कवादी आक्रमणको निहुँमा भारत र पाकिस्तानबिच जवाफी गोला बारुद आक्रमण सुरु भएका छन् । संरा अमेरिकाले यसमा भारतलाई उक्साएर, (पाकिस्तानलाई उक्साएर) चीनलाई पनि यसमा तान्न, युद्ध, फसाउन खोजेको त होइन भने आशङ्का उब्जिएको छ । किनकि, अमेरिकाले एसियाली देशहरूलाई युद्धमा फसाउनु छ, हातहतियार बेच्नु छ । चीनलाई पछारेर अमेरिका प्रथमलाई फर्काउनु छ । निश्चय पनि आतङ्कवादी हमला जोसुकैले गरे पनि त्यो निन्दनीय छ । एसियामा युद्ध हुन नदिन भारत र पाकिस्तानलाई संयमता अपनाउन र छिटोभन्दा छिटो दुबै पक्ष वार्ताको टेबुलमा बसेर समाधान खोज्नु आवश्यक छ । हाल अमेरिकी मध्यस्थतामा भारत र पाकिस्तानबिच वार्तामा बसेको भन्ने समाचार आएको छ । यो कतै बाँदर र बिरालोको कथाजस्तो नहोस् अनि एसियाली देशहरूले अमेरिकालाई आफै धामी, आफै बोक्सी बन्ने अवसर नदेऔँ; सचेत होऔँ ।
विश्व साम्राज्यवादका नाइके संरा अमेरिका हो भन्ने कुरा विश्वका जनतालाई थाहा छ । हालै बङ्गलादेशको शेख हसिना बाजेजको सरकारलाई बङ्गलादेशको माउन्ट मार्टिन भन्ने टापुमा अमेरिकी सैनिक अखडा राख्न नदिएको बदलामा उपद्रव मच्चाएको थियो । श्रीलङ्कामा पनि त्यस्तै अपदस्त गरेको सुनिन्छ । अमेरिकाले हरेक वर्ष रक्षा बजेट र हतियार उत्पादन बढाइरहेका छन् । सन् २०२४ को स्टकहोम इन्टरनेसनलले शान्ति अनुसन्धानले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार संरा अमेरिका विश्वकै बढी सैन्य खर्च गर्ने देशको रूपमा देखिएका छन् । उसको सैन्य खर्च ९ खर्ब ९७ अर्ब डलर छ । यो विश्वको कुल सैन्य खर्चको ३७ प्रतिशत हो । त्यसैले एसियाली देशहरू अमेरिका साम्राज्यवाददेखि सचेत हुनु जरुरी छ । मे ५, २०२५ को विश्व बैङ्कको नयाँ (GDP) को रेकर्डअनुसार विश्वका बढी कुल गार्हस्थ उत्पादन वृद्धि वा आर्थिक विकास भएका टप १० देशहरूको क्रम निम्नानुसार रहेका छन् –

Leave a Reply