के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल खण्ड सडक विस्तारको कार्य भइरहेको सर्वविदितै छ । केही दिनअघि पूर्वमनसुनी वर्षा हुँदा राजमार्गको पँलासे–साँगा सडक खण्ड हिलाम्मे हुँदा गाडी एकतर्फीमात्र चलाउनुपरेको थियो । ट्राफिकले गाडीलाई बनेपा जान जगातीबाट च्याम्हासिंह–नाला सडक उपयोग गर्न लगाएको थियो । वर्षा नभएको बेला पनि मोटरसाइकल लगायतका गाडीहरूले प्रायः च्याम्हासिंह–नालाकै सडक प्रयोग गरेको पाइन्छ । अहिले यो च्याम्हासिंह–नालाकसडक पहिलेको तुलनामा धेरै नै व्यस्त देखिन्छ । त्यसैले सडक विभागले यसलाई प्राथमिकतामा राखेर मर्मत सम्भार गर्नुपर्ने देखिन्छ ।
मनसुनी वर्षा अब छिट्टै हुनेवाला छ । च्याम्हसिंह–नाला सडकको नाला भञ्ज्याङको केही पूर्व र केही पश्चिमतिर दुई ठाउँमा सडक पहिरो गई मुश्किलले एउटामात्र गाडी गुड्न सकेको अवस्था छ । अहिले नै ती पहिरो गएका ठाउँमा आवश्यक ध्यान दिई मर्मत सम्भार नगरे भोलि कुनै पनि बेला यो सडक अवरुद्ध हुनसक्ने देखिन्छ ।
यो सडकमा नियमितरूपमा नाला–च्याम्हासिंह मिनिबस सेवा सञ्चालित छ । दैनिक दर्जनौँ स्कूल बसहरू साँझ बिहान आवतजावत गर्छन् । रात्रिको समय मेलम्चीबाट ढुङ्गा, गिटी, बालुवा बोक्ने उच्च भारका टिपरहरूले पनि उक्त पहिरो गइरहेको ठाउँलाई थप क्षति पु¥याउने देखिन्छ । समयमै उपर्युक्त पहिरो रोक्ने काम नभएमा अरनिको राजमार्गको वैकल्पिक सेवाका साथै नियमित सेवासमेत अवरुद्ध हुने निश्चित छ । सम्बन्धित निकायले यसतर्फ बेलैमा भ्यान दिन विशेष आग्रह गर्दछु ।
Leave a Reply