भर्खरै :

‘नयाँ कार्यकाल’ वातावरण संरक्षणका लागिः पुटिन

मस्को, रसिया, १७ फागुन (रासस÷एएफ्पी) ः रसियाले आगामी केही बर्ष देशको वातावरण संरक्षणमा खर्चिने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार बताउनुभएको छ ।
यही मार्चमा हुन गईरहेको रसियाली राष्ट्रपतिको निर्वाचनको शिलशिलामा देशबासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भन्नुभयो, “मलाई रसियाली जनताले पुनः एक पटक राष्ट्रपतिका रूपमा निर्वाचित गरेमा मैले आगामी केही बर्ष देशको वातावरण संरक्षणका लागि काम गर्न काम गर्नेछु ।”
मार्चमा हुने निर्वाचन यदि पुटिनको पक्षमा नै आयो भने उहाँ आगामी सन् २०२४ सम्म रसियाको राष्ट्रपति बन्नुहुनेछ । निर्वाचनबारे लिइएका प्राय सर्वेक्षणले आगामी निर्वाचनमा पनि पुटिनले दुई तिहाई मतका विजय हुने देखाएका छन् ।
“दशौँ लाख रसियालीहरूले मापदण्ड अनुसार सफा तथा शुद्ध पिउने पानी पिउन नपाइरहेका समय अहिले दीर्घ तथा स्वस्थ जीवनका विषयमा कुरा गर्न कठिन छ ।”
“हामीलाई औद्योगिक प्रदुषणका कारण वातावरणीय मापदण्डलाई सम्बोधन गर्न समस्या भइरहेको छ । मलाई रसियाली जनताले अर्को कार्यकालका लागि निर्वाचित गरेमा यसलाई वातावरण सुधारका प्रयोग गर्नेछु ।”
उहाँले आगामी तीन बर्ष (सन् २०१९ देखि सन् २०२१)लाई वातावरणलाई विश्व श्वास्थ्य संगठनले दिएको सीमामा ल्याउन भरपुर प्रयोग गर्ने बताउनुभयो ।
रसियामा वातावरण संरक्षणको मुद्दा उठाउने संरक्षणविद्लाई कि त निरुत्सायित वा जेल सजाँय हुने गरेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *