व्यङ्ग्यचित्रको कुनो
- आश्विन २४, २०८२
सुन्दरता
मान्छेको राम्रो कार्यमा देख्ने
जीवन दाइ
आँधी जस्तो मन लिई
भक्तपुरे जुजु धौ बान्कीमा
विकट
कर्णालीको कलकल पानी सँगसँगै
अविरल बग्दछ
खेत खेतको
कान्ला कान्ला हुँदै
आधुनिक खेतीको ड्याङ बनाउन प्रेरित गर्छ
मानवताको उँचो सारथि
कार्लमाक्र्सको अटुट सङ्घर्ष
नाङ्लामा चामल निफनेर केलाएसरि
कठीन सुदूरको यात्रा
काँडै काँडाबिच फुलेको
अक्टोबरे रसियाली फूल नियाल्दै
चम्किलो रातो ताराभित्रको लाल्टिन बाल्ने
सिलसिलाको बीउ बोक्दै
हरेक वर्षको वसन्तमा पलाउने
नयाँ नयाँ पालुवासँगै
काँचुली फेर्दै
ऊ
हिजोभन्दा आज
अझ बढी माझिंँदै
जाज्वल्यमान बन्न पुग्छ
उत्पीडनको बागडोर च्यात्न
हँसिया हथौडा अङ्कित
कलम घोट्दै !
अस्तु
Leave a Reply