म भैल खः हुँ
- बैशाख ४, २०८३
“बाबु, उहाँ भक्तपुर नगरपालिकाको मेयर हो ?” जँचाउन पालो कुरी बस्नुभएका बाजेले सँगैको त्यस्तै पालो कुरी बसेका एक युवकलाई सोध्नुभयो । “हो बाजे, तपाईँले भन्नुभए जस्तै उहाँ भक्तपुर नगरपालिकाको मेयर हुनुहुन्छ ।” युवकले जवाफ दिए । एकछिन गम खाएर बाजेले ती युवकलाई पुनः सोध्नुभयो । तपाईँ उहाँलाई मेयर भन्नुहुन्छ, फेरि दायाँ बायाँ कोही पाखुरा मोटो भएको सहयोगी छैन । सामान्य मानिसजस्तो देखिनुहुन्छ । एक्लै आउनुभएको छ । हातमा एउटा नोटबुक पनि छ । उहाँ त अस्पतालको सबै वार्डमा पो पस्नुभएको छ । सबै वार्डमा त्यसरी किन पस्नुभएको होला ? अनि डाक्टर साहेब र नर्स नानीहरूसँग के कुरा गर्नुभयो होला है बाबु ?
बाजेको जिज्ञासा मेटाउँदै ती युवकले आफूले सुने, जानेको कुरा बताए – “यो भक्तपुर नगरपालिकाले जनताको साथ र सहयोगमा जनताकै सेवा गर्न खोलेको ख्वप अस्पताल हो बाजे । यसलाई बिरामीको मन्दिर, बिरामी अशक्तलाई ईश्वर र स्वास्थ्यकर्मीलाई असल पुजारी, सेवक बनाउन उहाँहरूको समस्या बुझ्न, हौसला दिन उहाँ यहाँ बरोबर आउने गर्नुहुन्छ । बढीभन्दा बढी जनतालाई सहज उपचारको सेवा पु¥याउन भक्तपुर नगरपालिकाको दसै वडामा डाक्टरको सेवासहित जनस्वास्थ्य केन्द्र विस्तारै गर्दै छ भनेर मैले सुनेको थिएँ । आज बुबालाई हाम्रै आँखाले हेर्न पायौँ है बाजे । हो बाबु, मेयर त यस्तो पो हुनुपर्छ । यहाँको डाक्टर साहेब, नर्स नानीहरूको उपचार, सहयोग भावना राम्रो लाग्यो । मन छोयो ! कम्युनिस्टहरू जनताको सेवा गर्छन् भनेको यस्तै भएर होला है बाबु । हाम्रो गाउँतिर अनि देशैभर यस्तै मेयर साहेबहरूजस्ता व्यक्तित्वहरू सबै क्षेत्रमा भइदिएका भए क्या जाती हुन्थ्यो ! मलाई त बाबु अस्पताल होइन पशुपतिधाममा आएको जस्तो आनन्द र खुसी भयो । म जान्छु है बाजे भन्दै उपचार सकाएर आफ्नो कोठातिर उहाँ जानुभयो ।
Leave a Reply