नव वर्षको शुभकामना !
- चैत्र ३०, २०८२
ए शासक दलहरू !
चुनावमा कति बाचा गर्छौ ?
घोषणापत्र कति लेख्छौ ?
पूरा कहिले किन गर्दैनौँ ?
जनतालाई विश्वासघात कति गर्छौ ?
प्रधानमन्त्री भई मर्ने तिम्रो रहर हो ?
उपप्रधानमन्त्री र मन्त्री पनि रहर हो ?
देशलाई मगन्ते किन बनाउँछौ ?
विदेशमा राजदूतहरू के गर्छन् ?
के सचिव पनि विदेश घुम्नै जाने हो ?
खोइ विदेशबाट के सिक्यौ ?
झन्झन् देश पातालतिर किन ?
के सिंहदरबार भ्रष्टहरूको अखडा हो ?
विष नलाग्ने त्यो कमिसन कस्तो हो ?
के जागिरको भरमा
महल र गाडी जोडिएला ?
२०८२ माघ १८
Leave a Reply