भर्खरै :

भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा सुरू

भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा सुरू

भक्तपुर, ३ जेठ । वीर अस्पतालपछि स्थापना भएको दोस्रो पुरानो अस्पतालको रूपमा चिनिएको भक्तपुर अस्पतालले स्थापनाको १२० वर्षपछि पहिलोपटक सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले चन्द्रलोक डिस्पेन्सरीको नाममा स्थापना गर्नुभएको उक्त अस्पतालमा वाग्मती प्रदेश सरकारले खरिद गरेर पठाएको अत्याधुनिक क्षमताको सिटी स्क्यान सञ्चालनमा आएको हो । उक्त स्क्यान मेसिन (उपकरण) बाट औपचारिक रूपमा आइतबारदेखि बिरामीलाई सेवा प्रवाह गरिने अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका लागि वाग्मती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयले बोलपत्र आह्वान गरी रु. आठ करोड बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरेर सञ्चालनमा ल्याइएको थियो । कोरोना महामारीमा अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवं हाल वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले यो अस्पताललाई रिफर सेन्टरबाट विशेषज्ञ सेवासहितको गुणस्तरीय सेवा दिलाउन सफल भएपछि देशकै उत्कृष्ट अस्पताल घोषणा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *