यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
तनहुँ, ३ जेठ । तनहुँ जिल्लाको भिनाद नपा वडा नं.९ मोहरियामा बिहीबार स्थानीय जनतामाझ समसामयिक राजनीतिमा नेपाल मजदुर किसान पार्टीको भूमिकाबारे अन्तरक्रिया भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले शासक दलहरूले देशको सन्तुलित विकास नगरेको कारण गाउँमा बाटोघाटो पुगे पनि जनता गाउँमा बस्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा गुणस्तरीय शिक्षा, निःशुल्क स्वास्थ्य उपचारको बन्दोबस्त र गाउँमै रोजगारीको बन्दोबस्त भए गाउँका मान्छे गाउँमै बसेर आर्थिक उपार्जन गर्थे । देशको सन्तुलित विकास पनि हुन्थ्यो ।”
उहाँले भन्नुभयो, “एमाले माओवादीलगायतका कम्युनिस्ट नामधारी पार्टीहरूले संशोधनवादी बाटो अपनाएको कारण नेपालको कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको हो; नेपाल मजदुर किसान पार्टी संशोधनवादीहरूविरुद्ध सङ्घ गर्दै माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई जनतामाझ पु¥याउन क्रियाशील रहेको छ ।”
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका राजु कपालीले जनता नक्कली कम्युनिस्टहरूसँग सतर्क रहनुपर्ने विचार राख्नुभयो ।
त्यस्तै तनहुँको टुलेगौँडामा पनि स्थानीय बुद्धिजीवीहरूसँग छलफल कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका शिवजी त्वायनाबासुले नेमकिपाले भ्रष्टाचारविरुद्ध सङ्घर्ष गरिरहेको बताउनुभयो ।
Leave a Reply