भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, ४ जेठ । भनपा वडा नं. ६ छिकोङ व्यवस्थापन समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले मानिसहरू स्वास्थ्यप्रति सचेत नहुँदा अस्वस्थ भएको चर्चा गर्दै छिकोङ व्यायाम नियमित गरेको खण्डमा धेरै रोग निको हुनुका साथै स्वस्थ हुने बताउनुभयो ।
मानिसलाई स्वस्थ राख्न नियमित व्यायामको आवश्यकता रहेको चर्चा गर्दै उहाँले भनपाले भक्तपुर नगरका जनतालाई स्वस्थ राख्न टोल–टोलमा छिकोङको निःशुल्क व्यायाम सञ्चालन गर्दै आएको बताउनुभयो ।
माछा मासु कम खाने, गेडागुडीका झोलहरू धेरै पिउनुपर्ने, नियमितरूपमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्ने, नियमितरूपमा आफ्नो शरीरको परीक्षण गराई राख्नुपर्ने, शरीरको आवश्यकताअनुसार खाद्यान्न खानुपर्ने र नियमित व्यायामले मानिसलाई स्वस्थ राख्ने उहाँले चर्चा गर्नुभयो ।
अध्ययन नियमितरूपमा गर्नुपर्ने चर्चा गर्दैै उहाँले उमेरले अध्ययनलाई नछेक्ने र अध्ययनले मानिसलाई सधैँ सचेत र सजग बनाउने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सदस्य सृजना सैंजूले भक्तपुरका महिलाहरू शिक्षित र सचेत भएकाले धेरै अगाडि बढिसकेको चर्चा गर्दै महिलाहरू सामाजिक र राजनीतिक गतिविधिमा संलग्न भए मानसिक तनाव पनि कम हुने बताउनुभयो ।
तेल, चिनी, मैदा र नुन सकेसम्म कम खाने गर्नुपर्ने उल्लेख गर्दै उहाँले नियमित छिकोङ व्यायाम गरेको खण्डमा मानिसहरू स्वस्थ हुने बताउनुभयो । भक्तपुर नगरपालिकाले नगरवासीहरूलाई शिक्षित र स्वस्थ पार्न कलेजहरूको स्थापनाका साथै टोल–टोलमा छिकोङ सञ्चालन गर्दै आएको उहाँले चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सदस्य गीता काफ्लेले ठुली ब्रह्मायणीलाई व्यवस्थित पार्न नेपाल मजदुर किसान पार्टीले महत्वपूर्ण योगदान गर्दै आएको चर्चा गर्नुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाका विकास निर्माण सम्बन्धमा चर्चा गर्दै नियमितरूपमा छिकोङ सञ्चालन गर्न अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रममा गोविन्द दुवाल, रोशनमैँया सुवाल, सिद्धिराम अवाल, जगनाथ सुजखु, रीता देशेमरु र सानुमैँया बजिकोले पनि बोल्नुभएको थियो ।
Leave a Reply