कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
दाङ देउखुरी । पूर्व पश्चिम राजमार्गअन्तर्गत भालुवाङदेखि जर्तीसम्म लामो दुरीमा चल्ने गाडीको लागि टाइम कार्ड लागु गरिएको छ । भालुवाङ–जर्ती पन्ध्र किलोमिटरको दुरी पार गर्न गाडीलाई पन्ध्र मिनेट लगाउनुपर्ने गरिएको छ ।
वन्यजन्तु आरक्ष निकुञ्ज क्षेत्रमा मात्र टाइम कार्ड लागु गरिँदै आएकोमा अहिले लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीजस्तो सहरी बस्तीमा समेत किन टाइम कार्ड लागु गरिएको होला भनी सवारी चालकहरू आश्चर्य व्यक्त गर्छन् ।
नयाँ राजधानी भएकोले राजमार्गभन्दा उत्तरतर्फ बनेका भौतिक संरचनाहरू गाडीका यात्रुहरूले ध्यान दिऊन् भनेर उक्त कार्ड लागु गरिएको भए त्यसको कुनै अर्थ हुँदैन । स्थानीय मोटरसाइकल नियमितरूपमा चल्ने गाडीलाई उक्त कार्ड प्रणाली नचाहिने बताइएको छ ।
सडकको दायाँ–बायाँ बजार बस्ती क्षेत्र टाइम कार्ड लागु गरेर के सन्देश दिन खोजेको हो प्रस्ट छैन ? बस्तीका बासिन्दाको सुरक्षाको लागि हो भने राजमार्गका धेरै ठाउँमा बस्तीहरू छन् । कहीँ टाइम कार्ड लागु गरिएको छैन । टाइम कार्डले गर्दा यात्रुहरू गन्तव्यमा पुग्न नपाएको गुनासो छ । कोहलपुर पुग्ने यात्रुहरू उक्त टाइम कार्डले गर्दा अनावश्यकरूपमा लमहीमा नै बास बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।
– भुक्तभोगी यात्रु, भक्तपुर
Leave a Reply