भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
रत्ननगर, ४ जेठ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति, चितवनको आयोजनामा ‘समाजवाद र सान्दर्भिक विषयवस्तु’ पुस्तकको अध्ययन गोष्ठी शनिबार रत्ननगरस्थित गड्यौलीमा सम्पन्न भयो ।
सो कार्यक्रममा आयोजक समितिका अध्यक्ष हरिप्रसाद दुवालले व्यापकजनतालाई बुझाउन नसकेसम्म कामदारवर्गको स्वर्ग समाजवाद चाँडै नआउने भएकोले कार्यकर्ताहरू निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पार्टी प्रकाशनहरूको निरन्तर अध्ययन र छलफलले नै कार्यकर्ताहरूको राजनैतिकस्तर र सांस्कृतिकस्तर विकास हुने र सङ्ठन विस्तार गर्न टेवा पुग्ने बताउनुभयो ।
उहाँले कार्यकर्ताहरू सुख–सुविधा र पैसाको पछाडि मात्रै लागेमा विस्तारै व्यक्तिवादी बन्दै जाने र व्यवहारले पुँजीवादको सेवा गर्ने भएकोले सचेत रहनुपर्छ भन्नुभयो ।
उक्त कार्यक्रममा विष्णु शर्मा, ज्ञानेन्द्र चेपाङ, मोहनबहादुर चेपाङ, सुमित्रा महतो, अस्मिता गुरुङलगायतले आ–आफ्नो विषयमा बोल्नुभएको थियो ।
Leave a Reply