भर्खरै :

सेन्ट्रल फाइनान्स लिमिटेडको २८ औँ वार्षिक साधारणसभा सम्पन्न

सेन्ट्रल फाइनान्स लिमिटेडको २८ औँ वार्षिक साधारणसभा सम्पन्न

ललितपुर, ४ जेठ । सेन्ट्रल फाइनान्स लिमिटेडको २८ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैङ्कबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाको रूपमा विगत २८ वर्षदेखि बैङ्किङ सेवा दिंदै आएको उक्त संस्थाको ललितपुरको कुपण्डोल कानदेवस्थानमा केन्द्रीय कार्यालय तथा काठमाडौँ शाखासहित काठमाडौँको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रूपन्देहीको बुटवल र भैरहवा, भक्तपुरको च्याह्मासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको इटहरी, झापाको बिर्तामोड, पर्साको वीरगञ्ज, मोरङको विराटनगर र रौतहटको चन्द्रपुरमा समेत गरी जम्मा १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।
संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैङ्किङ एप, एटीएम डेबिट कार्ड, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, आरटीजीएस, मर्चेन्ट क्यूआर पेमेन्ट, क्यूआर टेलर, रेमिट्यान्स सेवा, सी–आस्वाजस्ता आधुनिक बैङ्किङ सेवा प्रदान गर्दै आएको छ । संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैङ्किङ सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको छ । ग्राहकहरूको बैङ्क खाता, वालेट, क्यूआरजस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुँचको व्यवस्था पनि मिलाएको संस्थाको विभिन्न शाखा कार्यालयहरूमा एटीएम सेवा पनि सञ्चालनमा रहेको छ ।
चुक्ता पुँजी रु. ९४ करोड ८८ लाख ७५ हजार रहेको संस्थाको हाल निक्षेप रु. ७ अर्ब ३६ करोड र कर्जा रु. ४ अर्ब ८९ करोड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *