शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
भक्तपुर, ४ जेठ । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा नयाँ सदस्यहरूलाई संस्थाको नीति नियम, संस्थाले गर्दै आएको आर्थिक, सामाजिक गतिविधिहरूको जानकारी दिने तथा सहकारीसम्बन्धी सचेतना दिने उद्देश्यले शनिबार शिक्षा शिविरको आयोजना भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सहकारी संस्था एक वित्तिय संस्था भए तापनि भक्तपुर साकोसको मूल्य–मान्यता र सिद्धान्त अरू वित्तीय संस्थाभन्दा भिन्न भएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “सहकारीका प्रत्येक शेयर सदस्यले महिनाको एकचोटि आफै उपस्थित भएर निश्चित रकम अनिवार्य जम्मा गर्नुपर्छ । यसले सहकारी र सदस्यबिच आत्मीयता बढ्छ ।
आम्दानीको निश्चित प्रतिशत बचत गरी बाँकी आम्दानीलाई आफ्ना आवश्यकतालाई प्राथमिकतामा राखी खर्च गर्न सुझाव दिँदै उहाँले अहिलेको बचतले भविष्यलाई मद्दत गर्नेछ भन्नुभयो ।
संस्थाका उपाध्यक्ष एवं शिक्षा उपसमितिका संयोजक लक्ष्मीप्रसाद कुसीले भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले बचत तथा ऋणको कारोबार सँगसँगै समाज रूपान्तरणको लागि सामाजिक कार्य गर्नुपर्ने मान्यता राखी कार्य गर्दै आएको बताउनुभयो ।
“भक्तपुर आदर निकेतन यसैको उपज हो । यसले स्थानीय व्यक्तिमा भक्तपुर साकोसप्रतिको जनविश्वास अझै बढ्दै गएको छ”, उहाँले भन्नभुयो ।
संस्थाका व्यवस्थापक सत्यनारायण साँय्जूले संस्थाको आर्थिक स्थिति विद्यमान नीति नियम तथा संस्थाले प्रदान गर्दै आएको सेवा सुविधाहरूको बारेमा जानकारी दिनुभएको उक्त कार्यक्रममा शिक्षा उपसमितिका सदस्य हरिराम कुसीले शिक्षा शिविर सञ्चालनकोे औचित्यताबारे प्रकाश पार्नुभयो । कार्यक्रममा शिक्षा उपसमितिका सदस्य जयराम कोजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply