भर्खरै :

ह्वाइट हाउसअघि आत्महत्या

संरा अमेरिकी राष्ट्रपति भवनअघि एक जना मानिसले आफैले आफूलाई गोली हानी आत्महत्या गरेका छन् ।
प्रत्यक्षदर्शीलाई उद्र्धत गर्दै वाशिङ्टन पोष्टले अझै परिचय खुल्न बाँकी त्यो मानिसले गोली चलाउँदा उनी धेरै मानिसको हुलमा थिए ।
सामाजिक सञ्जालमा पोष्ट गरिएको एउटा भिडियोमा सयौं मानिसहरु भागाभाग गरिरहेका थिए भने पश्र्वमा साइरन बजिरहेको र आकस्मिक गाडीहरु घटनास्थलतिर आइरहेको देखिएको छ ।
गुप्त प्रहरी सेवाका प्रवक्ता काथी मिलहोनले मृतक पुरुष एकै गोलीले घाइते भएका थिए र प्रहरीले कुनै पनि गोली नचलाएको बताएकी छिन् ।
गोली चल्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यालयभित्र थिएनन् । उनी फ्लोरिडा राज्यको पश्चिम पाम वीचमा थिए र उनी शनिबार साँझ वाशिङ्टन डीसी फर्केका थिए ।
घटना मध्यान्हअघि भएको थियो । घटनामा अरु कोहीलाई पनि कुनै किसिमका चोटपटक नलागेको प्रहरीले जनाएको छ । घटनाबारे राष्ट्रपतिलाई तत्कालै जानकारी गराइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *