क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
स्पेनका विभिन्न शहरमा हजारौं निवृत्त कर्मचारी र ज्येष्ठ नागरिकहरुले निवृत्तभरण कटौतीको विरोधमा विरोध प्रदर्शन गरेका छन् । स्पेनको राजधानी म्याडरिड, पामप्लोना, बिलबाओ, मेरिडालगायत चालिसभन्दा बढी शहरमा विरोध प्रदर्शन र सभाहरु आयोजना गरिएका थिए ।
मजदुर महासङ्घ र मजदुर आयोगको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले निवृत्तभरण कटौती गर्ने सरकारी निर्णयको कडा विरोध गरेका थिए । प्रदर्शनमा हजारौं ज्येष्ठ नागरिकहरुको सहभागिता थियो ।
सन् २००८ बाट शुरु भएको पूँजीवादी आर्थिक सङ्कटका कारण स्पेनलगायतका युरोपेली देशहरुमा सामाजिक क्षेत्रमा गर्दै आएको लगानीमा व्यापक कटौती गरेको छ । सोही क्रममा निवृत्तभरणमा भएको कटौतीको विरोधमा उमेरले निवृत्त जीवन बिताइरहेका नागरिकहरुसमेत आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य भएका छन् । स्पेनमा बिहीबार भएका प्रदर्शनका केही तस्वीरः

Leave a Reply