भर्खरै :

भियतनामी नेता हो चि मिन्हबाट पाठ सिकौँ !

साम्राज्यवादी शक्तिसामु नझुकी देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउनको निम्ति निरन्तर सङ्घर्ष गर्ने, नथाक्ने भियतनामी जनताका साम्राज्यवादविरोधी नेता हो चि मिन्हको जन्म १९ मई १८९० मा भएको थियो । अमेरिकी साम्राज्यवादी देशको पञ्जाबाट मुक्ति पाउन अथक सङ्घर्ष गर्ने हो चि मिन्हको स्मरण भियतनामी जनतामाझ मात्र होइन संसारकै विभिन्न देशका जनतामाझ भइरहेको छ । राष्ट्रपति हो चि मिन्हले भन्नुभएको थियो, “सम्पूर्ण जनताको बलिदानको भावनालाई कुल्चन सक्ने कुनै सेना छैन र कुनै हतियार छैन ।” उहाँले भन्नुभयो, “जबसम्म हाम्रो पितृभूमि एकबद्ध हुँदैन† दक्षिण भागका मानिसहरूले मुक्ति पाउँदैनन्: सुखको अनुभूति गर्न पाउने छैनन् ।”
अध्ययनको विषयमा राष्ट्रपति मिन्ह विश्व सर्वहारावर्गका नेता लेनिनको भनाइ स्मरण गराउँदै भन्नुहुन्थ्यो, “अध्ययन गर्नु, बारम्बार अध्ययन गर्नु र सधैँ अध्ययन गर्नु ।” अध्ययनको लक्ष्यबारे उहाँ भन्नुहुन्थ्यो, “आफ्नो क्रान्तिकारी स्फूर्तिलाई माथि उठाउनको निम्ति व्यक्तिले अध्ययन गर्नुपर्छ । कुनै व्यक्तिको सोचविचार गर्ने, बुझ्ने प्रक्रिया क्रान्तिकारी छैन भने उसले आफ्नो सोच विचार गर्ने, बुझ्ने प्रक्रियालाई परिष्कृत गर्नको निम्ति अध्ययन गर्नुपर्छ । जब कुनै व्यक्तिको सम्झने बुझन्े प्रक्रिया सही हुन्छ तबमात्रै उसले सही ढङ्ले गर्नसक्छ, आफ्ना े क्रान्तिकारी दायित्वलाई पूरा गर्न सक्ने हुन्छ ।”
उहाँको भनाइ छ, “पार्टीका सबै व्यवहारिक काममा नेतृत्वको स्रोत जनता हुनुपर्छ र फेरि त्यो नेतृत्व जनतालाई नै सुम्पिदिनुपर्छ । उहाँ भन्नुहुन्थ्यो, “पार्टी सदस्यहरूले पहिले आफ्नो कर्तव्य निभाउनुपर्छ र सुखको अनुभवको खोजी पछि गर्नुपर्छ । हो, जनतालाई दासता र भोकबाट मुक्त गर्न हामीले हरेक कठिनभन्दा कठिन काम गर्नुपर्छ । उहाँ भन्नुहुन्थ्यो, “सिद्धान्त र व्यवहारमा एकरूपता हुनुपर्छ ।”, तर, विडम्बना ¤ कम्युनिस्टको नाउँमा सरकार चलाउने नेपालका कम्युनिस्टहरू सिद्धान्त र विचारअनुसार काम गर्दैनन् । उनीहरूको सिद्धान्त एक र व्यवहार अर्को हुन्थ्यो । उनीहरू कम्युनिस्टको नाउँमा अवसरवादी र संशोधनवादी भए । सिद्धान्त र विचारमा अडान नभएको कारण उनीहरू मित्रशक्तिविरूद्ध वर्गीय शत्रुसँग घाँटी जोड्छन् । सच्चा कम्युनिस्ट पार्टीलाई निर्वाचनमा हराउन वर्गीय शत्रुसँग गठबन्धन गर्छन् । त्यस्ता दलका नेताहरूले के देशमा आमूल परिवर्तन गर्न या समाजवादी क्रान्ति गर्न जनतालाई तयार गर्लान्, सुसूचित पार्लान् ?
जनताको विश्वविद्यालयका विद्यार्थीहरूसँग १८ जनवरी १९५८ मा हो चि मिन्हले भन्नुभएको थियो, “समाजवादतिर प्रगति गर्नको निम्ति हामीले अवश्य नै पुरानो समाजलाई नयाँ समाजको रूपमा फेर्नुपर्छ । नयाँ समाजमा समानता हुन्छ । यसको अर्थ हो, सबैले काम गर्नु आवश्यक हुनेछ र सबैलाई काम गर्न पाउने अधिकार छ । प्रत्येक व्यक्तिले जति काम गर्छ त्यसैबमोजिम आफ्नो श्रमको फलको उपभोग गर्नेछ । जसले काम गर्दैन; त्यसले कुनै पनि आयस्ताको उपभोग गर्न पाउँदैन । योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्तकै निम्ति समाजवादी क्रान्तिको आवश्यकता भएको हो । सत्तामा गएका र सत्तामा जान पल्केका नेपालका कम्युनिस्टहरू पुँजीवादी बन्दोबस्तभित्र रहेर आमूल परिवर्तन गर्ने उद्घोष गर्छन् । पुँजीवादी व्यवस्थाभित्र रहेर आमूल परिवर्तन गर्न नसक्ने कुरा घटनाक्रमले पुस्टि गरेको छ । कम्युनिस्ट भनिने दलकै नेतृत्वमा पटक पटक सरकार गठन भए पनि कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार देशमा काम भइरहेको देखिँदैन ।
कुनै पनि सरकार या पार्टीको कमी कमजोरी औँल्याउनुपर्छ । कमी कमजोरी औँल्याएर खबरदारी गर्नुपर्छ । समयमै कमी कमजोरी औँल्याइएन भने यसले ठुलो नोक्सान पु¥याउँछ । यसकारण, आलोचना र प्रत्यालोचना हुनुपर्छ भनिएको हो । आलोचना र आत्मालोचनाबारे हो चि मिन्ह भन्नुहुन्थ्यो, “राम्रो आलोचना र आत्मालोचना अर्थात् एकताको लक्ष्यबाट गरिएको अलोचना र आत्मालोचनाबाट शक्तिशाली एकताको उपलब्धि हुन्छ ।” देशप्रति निष्ठावान र जनताप्रति कर्तव्यपरायण हुनुपर्छ भन्ने उहाँको मान्यता हो । तर, नेपालका शासकहरू देशप्रति निष्ठावान भएनन् र जनताप्रति जिम्मेवारबोध भएनन् । दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न साम्राज्यवादी र विस्तारवादी देशको पक्षपोषण गर्न नेपालका शासकहरू असमान सन्धि सम्झौता गर्न पनि पछि परेनन् । बिगतमा भएका यस्तै असमान सन्धि सम्झौताकै कारण देशको प्राकृतिक स्रोत र साधनमात्र होइन उद्योगधन्दाहरू पनि विदेशी व्यापारी या उद्योगपतिहरूको नियन्त्रणमा गयो । यसको कारण देश परनिर्भर हुँदै गयो । विदेशी अनुदान र सहयोगबिना देशको बजेट नै नबन्ने स्थितिमा पुग्यो । के यो सरकारको कमजोरी होइन ? उपनिवेशी शासनअन्तर्गत शोषणमा र उत्पीडनमा परेका भियतनामी जनताले पुस्तौँ पुस्तादेखि गर्दै आएको सङ्घर्षले नै भियतनामी जनताले मुक्ति पाएका हुन् । यसकारण, विश्वका न्यायप्रेमी, परिवर्तनकामी र स्वतन्त्रताप्रेमी जनताले राष्ट्रपति हो चि मिन्ह र भियतनामी जनताले गरेको योगदानको स्मरण गरिरहनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *