भर्खरै :

सहकारीमा अनुगमन

सहकारीमा अनुगमन

भक्तपुर, ५ जेठ । भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिले घलाँटे ३ स्थित बचत तथा ऋण सहकारी संस्था लि. मा अनुगमन ग¥यो ।
संस्थाले अध्यक्षले अरु पदाधिकारीहरूलाई आयव्यय स्पष्ट नदेखाएको, कर्मचारीले बचत सङ्कलन गरी आफै प्रयोग गरेको, संस्थाका अध्यक्षले अन्य पदाधिकारीहरूसँग बचत लिई फसाएको, बिनाधितो ऋण लगानी गरेको, २ वर्षदेखि लेखा परीक्षण र साधारणसभा नगरेको, केही वर्षदेखि सञ्चालक समितिको बैठक नबसेको, कार्यक्षेत्र बाहिरकासँग आर्थिक कारोबार गरेको, सदस्यहरूको बचत फिर्ता गर्न नसकेको टोलीले जनाएको छ ।
सहकारी अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकला, श्यामसुन्दर मातां, हरिरत्न गोर्खाली, कृष्णगोपाल चौगुठी, सिद्धिराम अवालको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *