भर्खरै :

चीनसँग डेनमार्कको ‘खुला’ छलफल

पेइचिङ, ५ जेठ (एएफपी) । डेनमार्कका विदेशमन्त्रीले रुसलाई पेइचिङको समर्थन र युक्रेनमा जारी युद्धको बारेमा चिनियाँ समकक्षीसँग ‘स्पष्ट कुराकानी’ भएको बताउनुभएको छ ।
विदेशमन्त्री लार्स लोक्के रासमुसेनले भन्नुभएको छ, “मैले आफ्ना चिनियाँ सहकक्षीसँग युक्रेनमा रुसको आक्रामक युद्धमा विश्व समुदायले समस्याग्रस्त बताएको चीनको समर्थनलाई रोक्ने बारेमा स्पष्ट कुराकानी गरेको छु ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा चीनको युद्ध रोक्ने ‘विशेष जिम्मेवारी’ रहेको उल्लेख गर्दै उहाँले मस्कोमा आफ्नो प्रभाव प्रयोग गर्नुको सट्टा युद्ध रोक्न पेइचिङलाई आग्रह गरेको बताउनुभयो ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेको डेनिस स्वायत्त क्षेत्र ग्रीनल्यान्डका बारेमा पनि छलफल भएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाको कारण देखाउँदै ग्रीनल्यान्डको नियन्त्रण आवश्यक रहेको बताउँदै यसको सुरक्षाका लागि बल प्रयोग गर्नका लागि वासिङ्टनको प्रस्तावलाई अस्वीकार गरेपछि डेनमार्क र अमेरिकाबिच तनाव बढेको छ ।
“चीनले ग्रीनल्यान्डको विषयमा डेनमार्कको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको पूर्ण सम्मान गर्दछ,” वाङ यीले आफ्ना डेनिस समकक्षीसँग भेटका क्रममा बताउनुभयो ।
डेनमार्कको विदेश मन्त्रालयले पनि लोक्केले ताइवानको जल क्षेत्रमा संयमता देखाउन चीन सरकारलाई अपिल गरेको र यथास्थितिमा एकतर्फी परिवर्तनबाट जोगिनुको महत्वमा जोड दिएको बताएको छ ।
दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठ मनाउन लोक्कले हालैे चीनको भ्रमण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *