कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, ६ जेठ । नेपालको लागि युरोपियन युनियनका राजदूतलगायत युरोपका अन्य देशका राजदूतहरूले भक्तपुर नगरको भ्रमण गरेका छन् । डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालका एम्बेसेडर भेरोनिक लोरन्जो र डिपुटी हेड अफ डेलिगेसन, हेड अफ पोलिटिकल, प्रेस एन्ड इन्फर्मेशन सेक्सनका थोमस मिलारको नेतृत्वमा २२ जना राजदूत र ३ जना दूतावासका कर्मचारीहरूसहित २५ जनाको भ्रमण टोलीले भक्तपुर दरबार क्षेत्र, टौमढी, दत्तात्रय, तालाक्व र नगरका ऐतिहासिक क्षेत्रहरूको अवलोकन भ्रमण गरेको छ ।
प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, आयरल्यान्ड, ग्रीस, स्पेन, इटाली, साइप्रस, लिथुआनिया, लक्जम्बर्ग, हंगेरी, माल्टा, पोल्यान्ड, पोर्चुगल, रोमानिया र स्वीडेनका राजदूतहरूसहित दूतावासका कूटनीतिज्ञहरू पनि रहेका छन् ।
भ्रमण टोलीलाई भक्तपुर नगरपालिका पर्यटक सूचना तथा सेवा केन्द्रका प्रमुख एवं सहायक निर्देशक गौतमप्रसाद लासिवाले भक्तपुर दरबार क्षेत्रको खौमा ढोकामा स्वागत गर्नुभएको थियो ।
भक्तपुरको भादगाउँले कालो टोपी, थैली र भक्तपुर नगरपालिकाद्वारा प्रकाशित भक्तपुरको फोटो पुस्तिकालगायत अन्य प्रकाशनहरूको उपहार प्रदान गरेको स्वागत कार्यक्रममा पर्यटक सूचना तथा सेवा केन्द्रका अधिकृत शरद् खत्री, मुरज दिदिया र स्थानीय पथ प्रदर्शकहरूले अवलोकन भ्रमणमा सहजीकरण गर्नुभएको थियो ।
भ्रमण टोलीका राजदूतहरूले भक्तपुरको ऐतिहासिक तथा मौलिक कला, संस्कृति र सम्पदाहरूको संरक्षण देखेर भक्तपुर नगरपालिकाको कला, संस्कृति र सम्पदा संरक्षणको प्रशंसा गर्नुभएको थियो ।
Leave a Reply